साप्ताहिक संवाददाता
गायक हिमाल श्रेष्ठको नयाँ गीत ‘लाएको माया...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको छ । सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारीमा जाने श्रीमान् तथा श्रीमतीको पीडा एवम् समस्यालाई चित्रण गरेको छ ।
नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीतको उक्त गीत आधुनिक शैलीको छ । ‘हे साईली...’ उपशीर्षक राखिएको उक्त गीतमा प्रवीण श्रेष्ठको संगीत संयोजन छ ।
एक्सेल इन्टरटेन्मेन्ट यूकेद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेद्वारा छायांकन गरिएको म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन् । महादीप श्रेष्ठ तथा प्रतीक श्रेष्ठ निर्माता रहेको उक्त भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
लाएको मायाको म्युजिक भिडियो :