साप्ताहिक संवाददाता
माघ १९, २०७४
भोलि शनिबार फुर्सदमा हुनुहुन्छ भने हाइकिङ गएर समयको सदुपयोग गर्न सक्नुहुन्छ । हाइक फर नेपालले भीमढुंगा, डम्डमे तथा मुड्खु रुटमा हाइकिङको आयोजना गरेको छ ।
यदि तपाईं पहिलो पटक हाईकिङ जाँदै हुनुहुन्छ भने ९ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसबापत तपाईंलाई एउटा टिसर्ट उपलब्ध हुनेछ तर तपाईं दोहोर्याएर हाइकिङ जाँदै हुनुहुन्छ भने ४ सय रुपैयाँ तिरे पुग्छ । ‘हाइक फर नेपाल’ को फेसबुक पेजबाट तपाईंलाई थप जानकारी प्राप्त हुनसक्छ । यसमा गाडीमा लने र हाइकिङ सकिएपछि फर्काउने व्यवस्था छ ।
भेला हुने स्थान : बिहान ७ बजे, भृकुटीमण्डप गेट
रुट : भीमढुंगाबाट डुम्डमे हुँदै मुड्खु