साप्ताहिक संवाददाता
अहिलेको नेपाली राजनीतिले सताउँछ । एकातिर जनताको बेहाल छ, सरकारले तिनलाई सम्बोधन गर्दैन । प्रतिपक्षी सरकार बनाउने कुरामै केन्द्रित छ । सतीले सरापेको देश त्यसै भनिएको होइन रहेछ ।
मिथिलेस यादव
उनको यादले सताउँछ ।
विप्लव काफ्ले
सबैलाई थाहा छ— पैसा ।
राजकुमार न्यौपाने
पैसाले नै हो नि !
जुलेन
धेरै छन् । बेलीविस्तार लगाउँ भने साप्ताहिकको सबै पेज भरिन बेर छैन ।
युवराज तामाङ
आफ्नो क्रस परेको मानिस अरू कसैसँग बोल्दा ।
धीरेन चौधरी
आजभन्दा ६ वर्षअघि मबाट टाढा भएको मेरो मायाको सम्झनाले धेरै नै सताउँछ ।
आशिक महत
तनावले सताउँछ ।
सकुल श्रेष्ठ
भूत, भविष्य र वर्तमानले सताउँछ ।
सुनीता सम्बाहाम्फे
मनका अनुुभूतिहरूले बेला–बेलामा सताइरहन्छन् ।
राकेश ललीपप
भोलिका कुरा सम्झेर मन पिरोलिन्छ ।
अमर कोन्मे
कसैको सम्झनाले सार्है सताउँछ हजुर ।
बबु श्री
साप्ताहिकमा राम्रा समाचार नआउँदा ।
ओम साह
कसैको मायाले सताउँछ ।
कास मगर
बढीजसो त चिन्ताले नै सताउँछ ।
रामचन्द्र आचार्य
मन, यसकै कारण बढी दुखिरहनुपर्छ ।
अस्मिता गुरुङ
धन–सम्पत्ति अर्थात् पैसाले सताइरहन्छ ।
सुनिल जिग्मे
नेपालमा कहिलेदेखि काम र कमाइ हुने होला भन्ने कुराले सताउँछ ।
किशोर चाम्लिङ
निद्रा, भोक तथा थकाइ आदिले सताउँछ ।
गोकुलप्रसाद तिमिल्सिना
गाउँहरू रित्ता छन् । काम गर्ने मानिस छैनन् । यही कुराले सताउँछ ।
सुरेश जोशी
अनलाइन मिडियामा हावादारी समाचार पढ्नुपर्दा ।
विजय काफ्ले
आफ्नो र परिवारको भविष्य सम्झँदा ।
विष्णु दाहाल
पैसाले सधैं समस्या उत्पन्न गर्छ ।
दिवस थापा
अरू युवाहरूजस्तै बिदेसिनुपर्छ कि भन्ने चिन्ता लाग्छ ।
प्रमिला
आफ्नो भविष्य सम्झँदा तनाव हुन्छ ।
बबिता
पूरा नहुने सपनाले ।
कोपिला
देशको भविष्य सोच्दा तनाव हुन्छ र त्यही कुराले सताउँछ ।
दिलु घर्तीमगर
जति मेहनत गरे पनि गरिबहरू गरिब नै रहन्छन् । उनीहरूलाई रोग, भोक तथा शोकले सताइरहन्छ निरन्तर । यही कुराले सताउँछ ।
इन्टु मिन्टु
आफूले सोचेजस्तो नहुँदा ।
राज काफ्ले
मलाई त सबैभन्दा बढी घरबेटीले सताउँछन् । हरेक वर्ष कोठा भाडा बढाएर हैरान बनाइसके । पानीको सुविधा छैन । कोठाको साइज कहिल्यै बढ्दैन, तर कोठा भाडा भने बढेको बढ्यै छ ।
दिपेश क्षेत्री
कलियुगले सताइरहेको छ, किनभने तपार्इंले हिजोआज नसोचेको कुरा बढी सुन्नु तथा भोग्नुपर्छ ।
कौस्तुभ राणा
जब आफूलाई अब के गर्ने थाहा हुँदैन, त्यतिबेला यो हुनुपर्छ भन्ने लाग्छ, तर भैरहेको हुँदैन र कसरी गर्ने थाहा हुँदैन । मलाई यही कुराले बढी सताउँछ ।
विष्णुप्रसाद पन्थ
स्वतन्त्रता । किनभने यो मानिसको पहिलो आवश्यकता हो ।
सुन्दर मल्ल
उनको यादले सताउँछ ।
हर्क गुरुङ
अतीतको यादले बढी सताउँछ ।
डीबी लिम्बू