फ्रान्समा निर्माण हुने वयष्क चलचित्रकी एक अभिनेत्रीलाई एक बालकले शारीरिक सम्बन्धको प्रस्तावसहित एउटा एसएमएस पठाएका छन् । १२ वर्षीय ती बालकले २८ वर्षीया अभिनेत्री निकिता बेलुचीको ट्विटरमा इन्बक्स गर्दै आफू उनको फ्यान भएको र उनीसँग निर्वस्त्र शारीरिक सम्बन्ध राख्न चाहेको कुरा बताएका थिए ।
उक्त एसएमएसलाई रिट्विट गर्दै निकिताले अहिलेका बालबालिकालाई उचित यौन शिक्षा आवश्यक रहेको र अभिभावकहरूले नै आफ्ना बालबालिकालाई यौन शिक्षा दिनुपर्ने कुरा बताएकी छिन् ।
ट्विटरमा १ लाख ६० हजार फलोअर्स रहेकी निकिताले अभिभावकहरूले आफ्ना स–साना सन्तानलाई अश्लिल सामग्रीहरूवाट टाढै राख्नु राम्रो हुने जनाउँदै जनचेतना जगाउने प्रयाससमेत गरेकी छिन् । आफूसँग शारीरिक सम्बन्ध राख्ने मनसायका प्रस्ताव अरूहरूले समेत पठाए पनि पछिल्लो समय बालबालिकाबाट यस्तो प्रस्ताव धेरै आउन थालेको निकिता बताउँछिन् ।