साप्ताहिक संवाददाता
यो भनेको बिहे जस्तै हो...गर्दा नि नगरेको भए हुन्थ्यो जस्तो लाग्ने अनि नगर्दा नि अरूको जोडी देखेर डाहा लाग्ने ।
विनोद पौडेल, अभिनेता
आफूसँग जुन चिज हुँदैन, त्यही नै बढी महत्वपूर्ण लाग्ने भएकाले जाडोमा गर्मी अनि गर्मीमा जाडोको सम्झना गरिन्छ ।
अनिता चलाउने, गायिका
मान्छे जातैले असन्तोषी हुन्छ जे–जस्तो भए पनि नपुग्ने र सन्तोष नलिने । त्यही प्रवृत्तिका कारण मानिसले यस्तो कल्पना गर्छ ।
जनकदिप पराजुली, निर्देशक
मानिस जहिले पनि महत्वाकांक्षी भएर होला, जे छैन त्यो कुरालाई बढी महत्व दिन्छ ।
सुशान्त श्रेष्ठ, निर्माता
नभएको चिजको नै हो सबैभन्दा बढी माया लाग्ने, भएको चिजको महत्व सधैं कमै हुन्छ ।
शान बस्नेत, लेखक
जुन चिज आफ्नो सामु हुँदैन, त्यसकै बढी महत्व हुन्छ ।
ऋषिराज आचार्य, निर्देशक
मानिसको नियति नै हो, आफूसँग जे हुँदैन त्यही नै प्राप्त गर्ने चाहना हुन्छ । चाहे त्यो गर्मी वा जाडोको कुरा होस् अथवा अरू केही कै ।
रोजिना श्रेष्ठ, फेसन डिजाइनर
सम्झना अभावमा आउने न हो, अनि आफ्नो अनुकूल सोच्नु हरेक प्राणीको प्राकृतिक गुण हो ।
राजनराज शिवाकोटी, संगीतकार/गायक
आफूसँग जे हुँदैन, मानिसलाई त्यही चाहिन्छ । जे आफूसँग हुन्छ त्यसको महत्व हुँदैन ।
ऋचा शर्मा, अभिनेत्री
गर्मीमा चिसो हावाको कमी र जाडोमा न्यानो हावाको कमी हुन्छ, त्यसैले ।
चाँदनी शर्मा, सञ्चारकर्मी
मानवीय स्वभाव हो, जुन चिज हामीसँग हुँदैन हामी त्यही चिजको चाहना राख्छौं अनि सम्झना गर्छौं ।
उत्तम युडी, गायक
मानिसहरूको सम्झना शक्ति कम भएकाले ।
भरत सिटौला, गायक
मानिस जे छ त्यसमा सन्तुष्ट हुँदैन र जे आफूसँग छैन त्यसकै खोजी गर्छ ।
निकिता आचार्य, भिजे
आफूसँगै हुँदा त्यसको साँचो अर्थ नबुझेर । जुन चिज आफूसँग हुँदैन, त्यसको महत्व बढी हुन्छ । स्वभाबिक हो, गर्मीमा शितलताको र जाडोमा न्यानोपनको अभाव हुन्छ । न्यानोपन र शीतलता मानव शरीरको आवश्यकता हो । यो नियमित प्रक्रिया पनि हो ।
सिर्जु अधिकारी, मोडल, गायिका
मानिसको प्राकृतिक तापक्रम भनेको ९८ डिग्री फरेनहाइट हो, जसले मानिसमा शारीरिक सन्तुलन कायम गरेको हुन्छ । जसबाट मानिसको दैनिकी चलिरहेको हुन्छ । जब आधारभूत तापक्रमभन्दा प्राकृतिक तापक्रम तल पुग्छ, मानिसले जाडो महसुस गर्छ । बढी तापक्रम हुँदा गर्मी महसुस हुन्छ ।
रोमी गिरी, तेक्वान्दो खेलाडी
आफूसँग जुन कुरा हुँदैन, मानिस सधंै त्यसकै लागि लालायित हुन्छ । यो सामान्य मानवीय गुण हो ।
डा.विश्वबन्दु बगाले, बालरोग विशेषज्ञ
जीवित शरीरलाई तातो र चिसो दुवै तापक्रमको आवश्यकता पर्छ । मौसमका कारण कहिलेकाहीँ यी दुवै चिज आवश्यकताभन्दा बढी हुन पुग्छन् । त्यसपछि शरीरले विकल्पको खोजी गर्छ, गर्मीमा जाडोको शीतलता र जाडोमा गर्मीको न्यानोपनको सम्झना गरिने कारण पनि यही हुन सक्छ ।
राजेश थापा, संगीतकार
मान्छेले आफूसँग हुन्जेल कुनै पनि कुराको मूल्य बुझ्दैन, जब त्यो आफूबाट टाढा हुन्छ अनि बल्ल त्यो कुरा मूल्यवान लाग्छ ।
एलीना खड्का, मोडल