साप्ताहिक संवाददाता
हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको ‘नील डेभिडका ५१ औँ’ ब्राण्ड राजधानीको बौद्धबाट सञ्चालनका आएको छ । निल डेभिड ग्रुपको हेयर एण्ड ब्युटि सलुन,, ब्राञ्च, फ्रेञ्चाइजी, एकेडेमी र मेकअप स्टुडियोजस्ता ब्राण्डको ५१ औँ ब्राण्डस्वरुप सोमबारबाट बौद्ध स्तुपा द्धारअगाडि ‘निल डेभिड्स हेयर एण्ड व्युटी सलुन’को फ्रेञ्चाईजी सञ्चालनमा ल्याइएको हो ।
सो फ्रेञ्चाइजीको हेयर स्टाइलिष्ट निल डेभिड कटुृवाल, सञ्चालिका विनु राई लामा र उनको पिता गोपाल राईले संयुक्तरुपमा शुभाम्भ गरे। १० वर्ष अघि भारतको सिलुगढीमा निलसँगै हेयर स्टाईलसम्बन्धि ट्रेनिङ लिएर त्यहिँ काम सुरु गरेकी हेयर स्टाईलिस्ट तथा मेक अप आर्टिस्ट बिनु राईले खोलेको उक्त युनिसेक्स सलुनमा उदघाटनको पहिलो दिनबाट नै ग्राहकहरुले सेवा लिन थालेका छन् ।
आफ्नो ब्राण्डको सलुनका शाखा र फ्रेञ्चाईजी नयाँबानेश्वर, कोटेश्वर, कमलपोखरीस्थि सिटी सेन्टर तथा कुमारीपाटीमा पनि सञ्चालनमा आउन लागेको निलले जानकारी गराए । उनले भारतको सिलुगढी तथा ईलहवादमा समेत सलुन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिएका छन् ।