साप्ताहिक संवाददाता
माघ २४, २०७४
भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर भोलि बिहिबारदेखि काठमाडौंमा ‘म रोज’ शीर्षकको नाटक मञ्चन गरिने भएको छ ।
पुरानो वानेश्वरस्थित शिल्पी थिएटरमा शनिवारसम्म मञ्चन हुने उक्त नाटक अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।
कमल खतिवडाको लेखन तथा निर्देशनको उक्त नाटकमा दिक्पाल कार्की, हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय रहने छ ।
बियोगन्त प्रेम कथामा आधारित उक्त नाटक प्रत्येक दिन साँझ ४ बजेदेखि मञ्चन भैरहेको निर्देशक खतिवडाले बताएका छन् ।