साप्ताहिक संवाददाता
मसानघाटको दाउरा खरिद–बिक्रीमा पनि भ्रष्टाचार हुने देशमा कुन क्षेत्र भ्रष्टाचारमुक्त छ भन्नु खै ?
राम पौडेल
सरकार नै भ्रष्ट्र भएको देशमा अरू कुरा गरेर हुन्छ ? कस्तो प्रश्न गरेको ?
आरडी खप्तडी बस्नेत
देशका सबै निकायमा काम गर्नेहरू भ्रष्ट्र छन् ।
युरिकराज नेपाली
ठाउँ भनेको हो कि सरकारको स्वामित्व रहेको क्षेत्र भनेको हो ? कुरा स्पष्ट रूपमा बुझ्न सकिएन । यदि सरकारको दायराभित्रको क्षेत्र भन्न खोजेको भए ऊर्जा मन्त्रालय हुनुपर्छ । तत्कालका लागि कुलमानजीको कार्यकालपछि त्यो अवस्था आएको हो ।
काजी दीपक बस्नेत
अहिलेको विश्वको सबैभन्दा हाँसोउठ्दो प्रश्न ! माफ गर्नुहोला, उत्तर चैं आएन मलाई ।
दीपराज राई
म पनि त्यही त्यही क्षेत्रको खोजीमा छु ।
मगर मास्की मिन
संसद् भवन भन्नुहुन्थ्यो नि, तर मेरो कुरा कसले पत्याउला र ?
सरिफ केटा
जीवनबाट उन्मुक्त क्षेत्र नै होला ?
शमशेर
हाल नेपालमा यस्तो ठाउँ खोज्नु मुर्खताजस्तो लाग्छ मलाई ।
दीपक
कुनै पनि छैन ।
सागर थ्रीस्टार
गरिब दु:खीको मायाबाहेक सबै क्षेत्रमा भ्रष्टाचारी छन् ।
जीवन आचार्य श्रेष्ठ
मसानघाट हुन सक्छ ।
राज ठकुरी
सार्है कठिन प्रश्न सोध्नुभयो हजुर ।
प्रसाद भट्टराई
नेपालको सन्दर्भमा यो प्रश्न उचित नहोला कि ?
कैलाश भुजेल
सबै क्षेत्र घुसखोरहरूले भरिएको छ ।
अर्जुन क्षेत्री
भए पो दिनु उत्तर, भन्न कठिन छ हजुर ।
प्रकाश अधिकारी
शिक्षण पेसा ।
झलक अर्याल
मेरो घर नै होला भ्रष्टाचारीमुक्त ठाउँ । अरू त कहाँ होला र हजुर ?
लुंगा ऋतुराज सुब्बा
देउवा, ओली अनि प्रचण्डहरूसँग सोध्नु न नेपालमा यस्तो ठाउँ कहाँ छ भनेर ।
सुशील
मैले उनलाई गर्ने मायाको क्षेत्रबाहेक अरू सबैतिर भ्रष्टाचार छ ।
नवीन संकल्प
यही प्रश्न मैले तपाईंसँग गरें भने तपाईंको जवाफ के आउँछ ?
सुमन अधिकारी पुष्प
युवाहरू विदेश गएर हो, नेताहरूले भ्रष्टाचार गरेको ।
समीर गुरुङ
सबै कार्यालय, जहाँ असल मानिसहरू काम गर्छन् ।
नीति
कुन होला र हौ ? अब साप्ताहिक भ्रष्टाचार उन्मूलन गर्न लागि पर्ने भयो कि क्या हो ?
परमदा पौडेल
छँदै छैन, त्यस्तो ठाउँ भन्न त मन थियो तर के गर्नु ? कसले कुन बेला कस्तो पोस्ट गर्छ र मुद्दा हाल्न पाउँछु भनेर हेरिरहेको हुन्छु । असल अनि राम्रो भएर बाँच्न गार्हो छ हजुर †
प्रथम थापामगर
घर–परिवार क्षेत्र, बूढाबूढी कार्यालय, प्रत्येक दिन बेलुकी हिसाब राखिने भएकाले ।
विनोद न्यौपाने
खै, कुन्नि थाहा छैन । अचेल आफ्नै घरकी श्रीमतीलाई माइत पठाउन घूस ख्वाउनुपर्छ ।
शाक्य
यो प्रश्नको उत्तर स्वयं महादेवलाई पनि थाहा छैन । हामी त मनुष्य हौं हजुर ।
लक्ष्मण
नेपाल भ्रष्टाचारमुक्त भने कहिल्यै होला जस्तो लाग्दैन ।
निर्दोष मन
त्यस्तो कुन क्षेत्र होला र खै ?
कैलाश
शिक्षाक्षेत्र । त्यसमा पनि अझ शिक्षकहरू । किनभने उनीहरूले भ्रष्टाचार गर्ने ठाउँ नै पाउँदैनन् ।
थानेश्वर कलाथोकी
हैट ! प्रश्नै ठीक भएन । यो प्रश्न सोध्ने बेला भा’को छैन अझै नेपालमा ।
भूपेन इलामेली
छँदै छैन ।
सुमन गुरुङ