साप्ताहिक संवाददाता
मेष
प्रेम जीवनको दृष्टिकोणले यो राशिका लागि सन् २०१८ निकै रोमान्टिक सावित हुनेछ । शुक्र ग्रहको शुभ छायाँका कारण यो राशिका स्वामीहरूले प्रेमको क्षेत्रमा आफूलाई सदैव तरोताजा अनुभव गर्नेछन् । तैपनि साउन–भदौ महिनातिर त्यसमा केही सुस्तता देखापर्न सक्छ ।
भाग्यशाली नम्बर : ६, ८, ९ तथा १०
भाग्यशाली रंग : रातो, सुन्तला तथा सुनौलो
भाग्यशाली बार : शुक्रबार, बिहीबार तथा शनिबार
वृष
प्रेमको परिभाषा नै दिन जान्नु र लिन नजान्नु हो । त्यसैले यो राशिका स्वामीले आफ्नो जीवनसाथीबाट प्रेम प्राप्त गर्ने चाहना कमै राख्छन् । तैपनि आफ्ना तर्फबाट भने पर्याप्त प्रेम दिन्छन् । यो वर्ष यो राशिका स्वामीहरूको प्रेमजीवन राम्रै बित्ने देखिन्छ ।
भाग्यशाली नम्बर : १, ३, ५, ७ तथा ९
भाग्यशाली रंग : गुलाफी, सेतो, हरियो तथा नीलो
भाग्यशाली बार : शुक्रबार
मिथुन
यो राशिका स्वामीले प्रेम दिवसदेखि दसैंसम्म आफ्ना जीवनसाथीलाई अत्यन्तै प्रेम गर्ने योग छ । उनीहरूले प्रेमपूर्ण कार्यमा एकअर्कालाई निकै सघाउनेछन् । व्यवसायिक व्यस्तताले केही व्यवधान पुर्याए पनि जीवनसाथीको समझदारीले स्थिति सम्हालिनेछ ।
भाग्यशाली नम्बर : ३ तथा ५
भाग्यशाली रंग : पहेंलो, हल्का नीलो तथा सेतो
भाग्यशाली बार : बुधबार र बिहीबार
कर्कट
यो राशिका स्वामीलाई प्रेम अर्थात माया–पिरतीका कुराले निकै भावुक बनाउनेछ । कतिपय अवस्थामा उनीहरूले आफ्नो पारिवारिक जिम्मेवारीको उपेक्षा गर्दा प्रेम जीवन नै धरापमा पर्ने सम्भावना समेत हुन्छ ।
भाग्यशाली नम्बर : २, ५, ७ तथा ९
भाग्यशाली रंग : रातो, क्रिम, सेतो तथा हल्का पहेंलो
भाग्यशाली बार : आइतबार र सोमबार
सिंह
चैत र कात्तिकमा आफ्नो प्रेमजीवनमा केही तनाव अनुभव गर्नुपर्नेछ । त्यसबाहेक अन्य समय यो राशिका स्वामीले निकै प्रफुल्ल अवस्थामा प्रेमजीवनको भोग गर्नेछन् । जीवनसाथीको स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
भाग्यशाली नम्बर : १, ३, ४ तथा ९
भाग्यशाली रंग : रातो, पहेंलो तथा सुनौलो
भाग्यशाली बार : मंगलबार र बुधबार
कन्या
शान्त र हँसिलो स्वभावले यो राशिका स्वामीको प्रेमजीवनलाई वर्षभरि नै रसिलो बनाइरहनेछ । तैपनि अपरिचित व्यक्तिसँग गरिएको हेलमेलले शंका–उपशंका सिर्जना गरी प्रेमजीवन नै धरापमा पार्ने सम्भावना पनि त्यत्तिकै छ ।
भाग्यशाली नम्बर : ३, ६, ७ तथा ८
भाग्यशाली रंग : सेतो, हल्का नीलो तथा गुलाफी
भाग्यशाली बार : बुधबार
तुला
यो पूरै वर्ष उथलपुथलमय भए पनि प्रेमजीवनको सन्दर्भमा उत्साहजनक देखिन्छ । बुध र बृहस्पति राशिको संयोगले गर्दा यो राशिका स्वामीले नयाँ मानिसहरूबाट टाढै रहनु पर्नेछ ।
भाग्यशाली नम्बर : १, २ तथा ७
भाग्यशाली रंग : सेतो, नीलो, गुलाफी तथा पहेंलो
भाग्यशाली बार : आइतबार र सोमबार
वृश्चिक
प्रेम दिवसपछिका २ महिनासम्म काम वासनाको दुष्प्रभावले सताउनेछ । त्यसपछिको पूरै समय राम्रो रहनेछ भने प्रेमजीवन पनि सन्तोषजनक देखिन्छ । यद्यपि यो वर्षभरि नै संयमित रहनु मै आफ्नो कल्याण छ ।
भाग्यशाली नम्बर : ३, ५ तथा ९
भाग्यशाली रंग : रातो, पहेंलो तथा सुनौलो
भाग्यशाली बार : बुधबार र बिहीबार
धनु
यो पूरै वर्ष प्रेमको उन्मादले भरिएको छ, जुन निरन्तर वृद्धि भैरहनेछ । दसैं–तिहारताका कुनै अपरिचितले आफूसँग सम्बन्ध बढाउन खोज्दा जीवनसाथीको शंका–उपशंकाले ठूलै उथलपुथल सिर्जना गर्न सक्छ ।
भाग्यशाली नम्बर : ५, ६ तथा ९
भाग्यशाली रंग : हल्का हरियो, बहुरंग तथा पहेंलो
भाग्यशाली बार : बुधबार र शुक्रबार
मकर
यो राशिका स्वामीको प्रेमजीवनलाई पूरै वर्ष शुक्रको दुष्प्रभावले सताउनेछ । त्यस्तो दुष्प्रभावले दसैं तिहारपछिको समयमा तनाव समेत सिर्जना गर्न सक्छ । शुक्रको दुष्प्रभावबाट जोगिन जीवनसाथीसँग बढीभन्दा बढी समय बिताउनु उचित हुन्छ ।
भाग्यशाली नम्बर : ६, ८ तथा ९
भाग्यशाली रंग : सेतो, रातो तथा नीलो
भाग्यशाली बार : मंगलबार र शनिबार
कुम्भ
गहिरो समर्पण भावले पूरै वर्षलाई रोमान्चित बनाइरहनेछ । जीवनसाथीबाट पर्याप्त माया एवं स्नेह प्राप्त हुनेछ । त्यस्तो माया र स्नेहले जीवनसाथीसँग घुमफिरमा व्यस्त रहन समेत प्रेरित गर्नेछ ।
भाग्यशाली नम्बर : २, ३, ५ तथा ९
भाग्यशाली रंग : पहेंलो तथा रातो
भाग्यशाली बार : बिहीबार र शुक्रबार
मीन
यो राशिका स्वामीको सबैभन्दा ठूलो कमजोरी नै प्रेम हो । यिनीहरू प्रेमबिना पानीबिनाको माछाजस्तै छट्पटाउँछन् । यद्यपी यो वर्ष यो राशिका स्वामीहरूले प्रेम प्रसंगमा हतार गर्नु उपयुक्त हुँदैन । जीवनसाथी नजिक रहेका बेला आफूलाई संयमित राख्नु मै कल्याण छ ।
भाग्यशाली नम्बर : १, ४ तथा ५
भाग्यशाली रंग : पहेंलो, गुलाफी, क्रिम तथा सेतो
भाग्यशाली बार : बिहीबार र आइतबार
(ज्योतिषाचार्य डा. सुनिल सिटौलासँगको कुराकानीमा आधारित)