साप्ताहिक संवाददाता
अनमोल केसीका बारेमा पढ्न पाउँदा खुसी लाग्यो (कृष्णभक्त अनमोल) । उनको जीवन हल्ला चलेजस्तो असामान्य र विलासी रहेनछ । सामान्य खालकै रहेछ ।
अच्युत थापा
पक्कै पनि विदेशको बसाइ नेपाल बसेर कल्पना गरेजस्तो छैन (युवा मन : सुखको खोजीमा संघर्ष) । सुबिनजीले थुपै्र नेपालीको वास्तविकता लेख्नुभयो । सुख र खुसी भन्ने कुरा विदेशमा मात्र होइन (मेहनत गर्ने हो भने) नेपालमै पनि प्राप्त गर्न सकिन्छ ।
अरुण सुवेदी
जीवन परिवर्तन गर्न यी टिप्सहरू निकै उपयोगी छन् (जीवन परिवर्तन हुन सक्छ) । गहकिलो पुस्तकबाट पाइने सन्देश यो सरल लेखमा पाइयो । यस्तै रोचक तथा काम लाग्ने सामग्रीहरू प्रकाशन गर्दै जानुहोला ।
कोमल अग्रवाल
एक दिन जुत्ता पालिस गर्दैमा पार्टी शुद्धीकरण हुँदैन (यात्रा सन्दर्भ : बुटपालिसका दृश्य–अदृश्य चित्रहरू) । चरित्रमा शुद्धीकरण भए त्यसले जीवनमा ठूलो अर्थ राख्छ । स्व. कृष्णप्रसाद भट्टराईजस्ता नेतालाई संकटका बेला मात्र होइन, अरू बेला पनि स्मरण गर्नुपर्छ ।
रवीन श्रेष्ठ
सेलिब्रिटी स्टाटस भैसकेपछि विभिन्न खालका प्रतिक्रिया आई नै हाल्छन् (अन्तर्वार्ता : सामाजिक सञ्जालमा भेडाहरूको भीड छ) । त्यसलाई पचाउन पनि सक्नुपर्छ ।
कृष्ण शर्मा
मोस्ट वान्टेड माननीय रोचक लाग्यो (मोस्ट वान्टेड माननीय) । मानिस पावरमा मात्र पुगेर नहुने रहेछ । पैसाले सबैथोक किन्न सकिन्छ भन्ने मान्यता गलत सावित भयो ।
सन्तोष पाण्डे
पक्कै पनि मेलिना राईलाई सफलता मिल्नेछ (पाँच प्रश्न : एवार्ड जित्ने कुरामा आशावादी छु) । उनको मेहनत एवं लगाव हेर्दा निराश हुनुपर्ने अवस्था आउनेछैन । दर्शक एवं श्रोताहरूका तर्फबाट गायिका राईलाई धेरै–धेरै शुभकामना ।
कपिल बास्तोला
गायिका जलजलालाई चाँडै स्वास्थ्य लाभ होस् (जलजलालाई सहयोग) । जलजला चाँडै स्वस्थ भएर उनको नयाँ गीत सुन्न पाइयोस् ।
युवराज अधिकारी
अविरलजीले मनकै कुरा लेख्नुभयो (मुक्त आकाश : यस्तो भैदिएको भए !) । जीवन सरल रेखाबाट अघि बढ्दैन । यसमा उतारचढाव आइरहन्छ । आफ्नो स्वार्थका लागि मानिसहरू अनेक खेल खेल्छन् । अरूलाई दु:ख दिएर पूरा गरिएको स्वार्थको कुनै अर्थ हुँदैन ।
रन्जन रुचाल
नेपाली खेलाडीहरूलाई बधाई छ (खेलकुद : विदेशमा जम्ने प्रयास) । विदेशीले यति सुविधा दिएर नेपाली खेलाडीलाई लगे । नेपालले पनि खेलाडीहरूलाई यस्तै सम्मान दिनुपर्छ ।
डिल्ली ठकुरी
हुन्डीको कारोबार रोकिनुपर्छ (छिटो पैसा कमाउन अवैध हुन्डीको धन्दा) । यसले एकातिर ठगी धन्दा मौलाइरहेको छ भने अर्कातर्फ सरकारलाई पनि घाटा लागिरहेको छ ।
क्रिस्टिना लामा
नेपालीहरू जहाँ गए पनि यस्ता क्रियाकलापमा संलग्न भएर होला विदेशीले हेर्ने नजर पनि फेरिएको पाइन्छ (अपराध : अस्ट्रेलियामा घटेको विवादास्पद हत्याकाण्ड) । दूतावासले कडा रूपमा निगरानी गर्नु जरुरी छ ।
तारा भुसाल
डा. सन्दुक रुइतका बारेमा धेरै कुरा जान्न पाइयो (डा. सन्दुक रुइत नेपालका ग्लोबल ब्रान्ड) । यसरी संसारले चिनेका अनि ख्याति कमाएका नेपालीहरूका बारेमा पढ्न पाउँदा गर्व लाग्छ ।
प्रतिमा ओली