साप्ताहिक संवाददाता
माघ २७, २०७४
भ्यालेनटाइन डेको अवसर पारेर सौराहामा फुड फेस्टिबल हुने भएको छ । सिसुवार खेल मैदानमा सञ्चालन हुने यो फेस्टिबल रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, सौराहाले आयोजना गर्न लागेको हो । १२ औं संस्करणको यो फुड फेस्टिबलमा प्रेमपत्र लेखन प्रतियोगिताले रौनक थप्दै आएको छ ।
माघ २८ गते प्रारम्भ हुने फुड फेस्टिबल फागुन ३ गतेसम्म चल्नेछ । फेस्टिबलका क्रममा सौराहा रेवान आबद्ध रेस्टुराँहरू १५ प्रतिशत छुटको व्यवस्था मिलाएका छन् भने होटलमा बस्नेहरूका लागि पनि १५ प्रतिशत छुटको व्यवस्था छ ।