साप्ताहिक संवाददाता
भ्यालेन्टाइन डेका अवसरमा पोखराको अक्सिजन लाउञ्जबारले फागुन २ गते विशेष कार्यक्रम गर्दैछ । साँझ ७ बजेदेखि ११ बजेसम्म चल्नेछ उक्त कार्यक्रममा काठमाडौंको डाइनामिक ब्यान्डले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्नेछ । यता ओजन डिस्कोमा रोमियो जुलियट नाइटको आयोजना हुँदैछ ।
दरबार पोखरा क्याफे म्युजिक लाउञ्जमा भने शुभेच्छा मल्ल, प्रसन्न अधिकारी, डिजे ससपोइजनको प्रस्तुतिमा भ्यालेन्टाइन डेलाई अविस्मरणिय बनाउन सकिनेछ । ७ बजे प्रारम्भ हुने उक्त कार्यक्रम मध्यरात १२ बजेसम्म चल्नेछ । डुंगा रेष्ट्रो एन्ड लाउञ्जबारमा पनि भ्यालेन्टाइन डेका अवसरमा विशेष कार्यक्रम सञ्चालन हुनेछ । ओपन हाउस रेस्टुरेन्ट एन्ड लाउञ्जबारले समेत भ्यालेन्टाइन विशेष कार्यक्रम आयोजित गर्दैछ ।
पोखराको लेकसाइडस्थित ओजन रेस्टुरेन्ट एन्ड लाउञ्ज बारमा भ्यालेन्टाइने डे स्पेसल फेसन शो हुँदैछ । फागुन २ गते बिहीबार सञ्चालन हुने उक्त फेसन शोमा पोखराका ८ जना पुरुष तथा ८ जना महिला मोडल र्याम्पमा उत्रनेछन् । कार्यक्रमको थप आकर्षणमा डान्स, म्युजिक तथा गेम्स रहनेछन् । साँझ ६ बजे प्रारम्भ हुने यो कार्यक्रम राति ११ बजेसम्म चल्नेछ ।