साप्ताहिक संवाददाता
अहिले प्राय सबैलाई प्रणय दिवसले छोएको छ । पछिल्लो समय प्रणय दिवसलाई सेलिब्रेसनका साथ मनाउने प्रचलन बढ्दै गएको छ । तर, पहिलो पटक प्रेममा परेर प्रणय दिवस मनाउँदै गरेका कतिपय जोडीलाई के उपहार कसरी दिने भन्ने अन्यौल हुन सक्छ ।
यो दिन दिइएको उपहारको महत्व अन्य दिनको उपहारको तुलनामा महत्वपूर्ण हुन्छ ।
अधिकांश गिफ्ट सप वा बुके सपमा प्रेमको प्रतीक चिह्न पानको पात आकारको उपहार, बेलुन तथा गुलाफका फूलहरू उपलब्ध हुन्छन् । यो दिन सबैतिरको वातावरण प्रेममय हुन्छ भने गुलाफको फूल पनि निकै बिक्री हुने सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
एक सर्वेक्षणअनुसार भ्यालेन्टाइन डेमा महिलाको तुलनामा पुरुषले बढी खर्च गर्छन् । पुरुषहरूले आफ्नो पार्टनरप्रति विशेष माया दर्साउन खर्चिलो योजना बनाएका हुन्छन् भने उनीहरूले महँगा उपहारसमेत खरिद गर्छन् ।
यो दिन फूल, चकलेट तथा पहिरन पनि उपहारका रूपमा प्रदान गर्न सकिन्छ ।
युवा–युवती दुवैले आफ्ना पार्टनरलाई मोबाइल, ग्याजेट, पर्फयुम, बडी स्प्रे, पर्स आदि पनि उपहारका रूपमा प्रदान गर्न सक्छन् ।
हिजोआज विभिन्न अनलाइनमार्फत पनि प्रेमी–प्रेमिकालाई सरप्राइज उपहार अर्डर गर्ने चलन छ ।