बाहिरी आवरण हेरेर प्रेम गर्न खोज्छन् । यद्यपि त्यो प्रेम होइन, आकर्षक मात्र हो । सम्भवत: आकर्षण र प्रेमबीचको फरक छुट्याउन नसकेरै होला, ब्रेकअप धेरै भएको ।
शिल्पा पोखरेल, अभिनेत्री
समझदारी तथा वफादारीको अभावमा यस्तो हुन्छ ।
कबिर खड्का, अभिनेता
हिजोआजका युवा–युवतीको मन अस्थिर भएकाले ।
अमर तण्डुकार, गायक
सबैभन्दा ठूलो कुरा मन नै हो । मनलाई धनमा दाँजेपछि यस्तो हुनु स्वाभाविक हो । आधुनिक युगको चाहना पूरा नहुँदा पनि यस्तो हुन सक्छ । सबैमा लागू नहोला, तर यो स्वभाविक नै हो ।
शिखर सन्तोष, संगीतकार
देखावटी माया धेरै भएर हो कि अहिले प्रपोज गर्न समय नै लाग्दैन । म्यासेजको एक क्लिकमा प्रपोज हुन्छ । त्यसैले रिजेक्ट नै गरियो भने पनि त्यसलाई सामान्य रूपमै लिइन्छ । त्यसैले सम्बन्ध जति सजिलैसँग जोडिन्छ, त्यति नै चाँडै तोडिन्छ पनि ।
हिमाल श्रेष्ठ, गायक
मेरो विचारमा एक–अर्काको मनलाई भन्दा पनि लेभल तथा स्टाटस हेरेर प्रेम गर्नेहरू धेरै छन्, त्यसरी गरिएको प्रेम धेरै समय नटिक्ने भएकाले बढी ब्रेकअप हुन्छ ।
सारिका घिमिरे,अभिनेत्री
माया प्रेमभन्दा बनावटी र देखावटी बढी भयो । एक–अर्कामा विश्वास नै भएन, फेसबुकको प्रोफाइलजस्तो भयो आजभोलिको माया–प्रेम । त्यसैले माया–प्रेममा ब्रेकअप बढी भएको हो ।
रुपा विष्ट, गायिका
धेरै जना समय आउनुभन्दा अगाडि, प्रेम भनेको के हो भन्ने बुझ्नुभन्दा अघि नै, टेलिभिजन–इन्टरनेट तथा साथी–संगातीको लहै–लहैमा लागेर प्रेममा हाम्फाल्छन्, त्यो पनि केही नसोची । जब वास्तविकता थाहा हुन्छ, त्यतिबेलासम्म धेरै ढिला भैसकेको हुन्छ । त्यही बिन्दुमा पुगेर ब्रेकअप हुन्छ । यति मात्र नभएर हिजोआज जो पनि, केही पनि सोच्दै–नसोची अघि बढ्ने, हिंड्ने अनि हरेक व्यक्ति हतारमा हुने भएकाले सम्बन्धमा असमझदारी बढ्दो छ । हरेक कुराको समय आउँछ, हतारिनु हुँदैन भन्ने कुरा बुझ्न सके ब्रेकअपको दर घट्न सक्छ ।
निर्णय श्रेष्ठ, गायक
अहिलेका युवा–युवतीहरू आफ्नो स्वतन्त्रताका बारेमा सचेत छन् । उनीहरू आफ्नो करियरलाई पनि उत्तिकै प्राथमिकता दिन्छन्, जति प्रेमलाई दिन्छन् । यदि कसैसँगको प्रेमका कारण करियरमा बाधा हुने भयो भने धेरैले करियरलाई रोजेको पाइन्छ । प्रेमी–प्रेमिकाको सोच र लक्ष्यमा देखा पर्ने भिन्नताका कारण पनि सम्बन्धलाई लामो समयसम्म सँगै लान गाह्रो हुन्छ । अर्को कुरा, कतिपयको प्रेम एक–अर्कालाई नबुझीकनै हुन्छ, तर जब बुझ्दै जान्छन् सही नलाग्न सक्छ । त्यस्तो अवस्थामा ब्रेकअप हुने सम्भावना बढी हुन्छ । अहिले सम्बन्ध जोडिनु र छुट्टिनु भनेको सामान्य भैसकेको छ । सम्बन्धमा कम्प्रोमाइज गर्ने भन्ने कुरा बिस्तारै असम्भव हुँदै गएको छ । अझ अहिले त सोसल मिडियाले पनि ब्रेकअप गराउन ठूलो भूमिका खेलेको पाइन्छ ।
जानुका ढकाल, गीतकार
हिजोआजको प्रेममा पैसाको चलखेल धेरै हुन्छ । केटीले भनेको किनिदिनुपर्छ, केटाले किनिदिन सक्दैन । केटीहरू केटासँग लिपस्टिक, पहिरनदेखि स्कुटरसम्म डिमान्ड गर्छन् । केटाहरू पनि राम्रा–राम्रा केटी मात्र खोज्छन् । यसबाहेक फेसबुकका कारण पनि प्रेममा ब्रेकअप भैरहेको पाइन्छ ।
महादेव त्रिपाठी, अभिनेता
एक–अर्कालाई राम्रोसँग नबुझेर ।
प्रराज पौडेल, गायक
साँचो प्रेम गर्ने भन्दा ब्रेकअप गर्दा फेसनेबल भइन्छ भन्नेहरूको जमात बढिरहेको छ । अचेल युवायुवतीहरू आयातित प्रेम गर्न रुचाउने भएकाले पनि ब्रेकअपको संख्या बढी भएको हुनसक्छ ।
राज लुइँटेल, मोडल
बदलिँदो सामाजिक परिवेशसँगै मानिसको सोचमा आएको परिवर्तनका साथै व्यस्तताका कारणले पनि होला ।
हिमानी सुब्बा, मोडल/कोरियोग्राफर
आजकलको प्रेम भनेको जीवनभरिको साथभन्दा पनि ग्याजेटजस्तो भएको छ । जति चेन्ज गर्यो, त्यति नै स्टाइलिस्ट र फरवार्ड भएको सोच्छ अहिलेको पुस्ता ।
कृषा चौलागाईं, चलचित्रकर्मी
यथार्थ प्रेम के हो भन्ने कुरा नबुझ्नु तथा आधुनिकताको नाममा विलासी जीवन बिताउन चाहनु नै ब्रेकअपको कारण हो ।
इशक राई, गायक
माया र माया गर्ने साथीको महत्व नबुझेर ।
सन्तोषी श्रेष्ठ, फेसन डिजाइनर
आजभोलिको प्रेम त्यागमा भन्दा बढी प्राप्तिमा केन्द्रित हुन्छ, त्यसैले ।
सरला पौडेल, साहित्यकार
आपसी समझदारीको कमी, एक–अर्कालाई बुझ्न नसक्नु र क्षणिक रमाइलोमा भुल्ने बानीले गर्दा । अटल विश्वास र भविष्यप्रतिको चिन्ता अनि त्यसका लागि लगनशील भएर अघि बढ्ने प्रेममा सायदै ब्रेकअप होला ।
प्रदीप चापागाईं, गायक/गीतकार
फेसबुकले गर्दा ।
टेकेन्द्र शाह, भिज्युअल एडिटर
एक जनाप्रति मात्र नभएर धेरै जनाप्रति आकर्षित हुने, त्यसैलाई मायाको संज्ञा दिने तर साँचो माया कसैले कसैलाई नगर्ने, साँचो माया गर्न नजान्ने अथवा नहुने । मात्र आकर्षणका भरमा सम्बन्ध स्थापित गर्ने र त्यो आकर्षण क्षणिक हुने । नैतिकता, इमान्दारिता कुनै पनि क्षेत्रमा छैन । यो मायाको बारीमा मात्र प्रीतिको फूल फुल्न छोडेको होइन, सबै प्रकारको बारीमा माया, इमान्दारिता अनि नैतिकताको फूल फुल्न छोड्यो । कागज र प्लास्टिकका फूलजस्तो माया भएर यस्तो भएको हो ।
दीपिका रिमाल थापा, गीतकार
सामाजिक सञ्जालका कारण यस्तो भैरहेको हुन सक्छ । यसका साथै कम उमेरमै हुने अपरिपक्व प्रेमका कारण पनि यस्तो दुर्भाग्य निम्तिन्छ ।
बिपुला सिद्धान्त जोशी, इभेन्ट म्यानेजर
धेरै स्वतन्त्रता, अविश्वास, सहन सक्ने क्षमताको कमी तथा प्रेमलाई सतही रूपमा लिनु नै यसको कारण हो ।
लक्ष्मी गिरी, फेसन डिजाइनर
मेरो विचारमा प्रेमि–प्रेमिकाबीच सम्झौताको कमी नै ब्रेकअपको कारण हो ।
शान्ता थापा, ब्युटिसियन
पहिलो कुरा, असमझदारी नै हो । दोस्रो कारण तँ भन्दा म के कम भन्ने होडबाजी पनि हो ।
रेणु विष्ट, गायिका