साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘शत्रु गते’ को टिजर रिलिज भएको छ । सबैजसो चलचित्रका टिजर तथा ट्रेलर युट्युबबाट सार्वजनिक हुने गरेका छन् । तर, यो चलचित्रको टिजर भने फिल्म हलमा मात्रै सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीत रुपै मोहनी र पिरतीको बर्कोले राम्रो चर्चा बटुलिरहेको छ । पिरतीको बर्को ट्रेण्डिङमै रहिरहदा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो ।
प्रदर्शनरत चलचित्र ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएको छ । डेब्यु चलचित्र ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।