साप्ताहिक संवाददाता
माघ २८, २०७४
चलचित्र ‘गाँजाबाजा’को ट्रेलर सार्वजनिक भएको छ । नामकै कारण लामो समयदेखि विवादमा रहेको यो चलचित्र प्रदर्श हुन सकिरहेको थिएन । अब भने यो चलचित्रले फागुन २५ गते रिलिज मिति तय गरेको छ ।
गणेश देव पाण्डेले लेखन तथा निर्देशन चलचित्रमा चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा विष्टले सयुक्त रुपमा लगानी गरेका छन् ।
निख एण्ड जेटाको सङ्गीत रहेको चलचित्रमा याकोपो रास्लिकाको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, वर्षा शिवाकोटी, रविन थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।
गाँजाबाजाको ट्रेलर :