साप्ताहिक संवाददाता
माघ २९, २०७४
गीतकार रोजी लाबुङ राई पुस्तक र एल्बम एकसाथ लिएर बजारमा आएकी छिन् । वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालको प्रमुख आथित्यता र गीतकार उन्नती बोहरा ‘शिला’ को विशिष्ट आथित्यतामा एल्वम ‘रोजाई, समन्वय र पुस्तक सोचाइ’को एकसाथ बिमोचन गरिएको हो ।
एल्वम ‘रोजाई’मा ७ गीत समावेश छन् । माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन् ।
एल्वममा रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेश पायल राईको स्वर रहेको छ । बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु र महेश खड्कले एल्वमका गीतमा संगीत गरेका छन् ।