साप्ताहिक संवाददाता
जसरी सुरुवातमा पढेको क, ख, ग, घ र ए, बी, सी, डी अनि परिवारमा पहिले सिकेको संस्कार बिर्सन मिल्दैन, त्यसरी नै पहिलो प्रेम पनि बिर्सन सकिँदैन ।
बाटो बिराएको मान्छे
मेरो बुझाइमा प्रेम भनेको प्रेम हो । यसमा न पहिलो हुन्छ न दोस्रो । जब कसैको कसैसँग प्रेम हुन्छ त्यहाँ सुन्दर सपनाहरूको परिकल्पना हुन्छ । स–साना कुरामा पनि खुसी मिल्छ । जीवन जिउने चाहना बढ्छ र प्रेमजोडीहरूले वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि सुन्दर सपना सजाउँछन् । त्यसैले होला पहिलो माया बिर्सन नसकेको ।
आरजे धीरज बिसी
किनभने,
– पहिलो प्रेम चोखो र निश्छल हुन्छ ।
– कुनै स्वार्थभन्दा माथि हुन्छ ।
– जात, धर्म र आर्थिक स्थिति आदिभन्दा माथि र चोखो हुन्छ ।
– आत्मीय हुन्छ ।
– प्रेमको पहिलो स्पर्श कहिल्यै बिर्सन सकिँदैन ।
– पहिलो प्रेम मायाको बीउ हो । अरू त सब त्यो बीउबाट उम्रिएका वृक्षका हाँगाबिँगा मात्र हुन् ।
गणेश पौडेल
थाहा छैन, त्यो प्रेम थियो वा उनीप्रतिको झुकाव, तर जे थियो त्यो खास थियो । त्यसैले त उनको मेरो दिलमा बास थियो ।
सन्तोष गिरी
प्रेम कहिल्यै पहिलो अनि दोस्रो हुँदैन । यो त निश्चल अनि स्वतन्त्र छ । पहिलो र दोस्रो भनेर छुट्टयाउने त प्ले गर्ल–प्ले ब्वाइहरूको काम मात्र हो ।
रोहन राना
पहिलो माया पो माया, अरू त सबै पहिलो मायाले दिएका चोट बिर्साउने बहाना मात्र हुन् ।
किस्ना आचार्य रोशनी
पहिलो प्रेम मानिसलाई भगवान्ले नै मिलाएर पठाएका हुन्छन्, त्यसैले बिर्सन सकिँदैन ।
युरिकराज नेपाली
चुरोट तान्न सिकेको सुरुका दिनमा बाबाको पकेटबाट खुसुक्क चुरोट निकालेर मकैबारीमा लगेर साथीहरूसँग सल्काएर खाएको अनि त्यही बेला बाबाले फेला पारेर लौरो लाएजस्तै हो— पहिलो प्रेम । अल्लारे उमेर, अल्लारे बैंस, निश्छल अनि निष्कपट भावना, कलेज बंक गरिएका ती दिन, पार्कमा बिताइएका क्षण, अस्तित्व समर्पण अनि रहरसँगै परिवारको डर । कसले पो बिर्सिन सक्ला र ? रंगे हात फेला परे धोबीधुलाइ गर्ने बाआमाले त झन् अविस्मरणीय बनाइदिन्छन् त्यो पललाई ।
सुशील भुसाल
बिर्सिन त कुनै पनि प्रेम सकिँदैन । रह्यो पहिलो प्रेमको कुरा, त्यो पहिलोले पाएको प्राथमिकता हो ।
आशिष सुवेदी
पहिलो सबै नै विशेष अनि अविस्मरणीय हुन्छन् । कारण धेरै छन् । जसको अनुभव मानिसअनुसार फरक–फरक हुन सक्छन् ।
दीपक खतिवडा
पहिलो होइन, दोस्रो–तेस्रो पनि बिर्सन नसकिने रै’छ ।
उदय मेन्याङ्बो लिम्बू
बढी खर्च भएकाले हो कि !
चाम्लिङ सिमन राइ
अक्सर मानिसले पहिलो धोका पहिलो प्रेमबाटै पाएको हुन्छ अनि कसरी भुलोस् त ?
मनुप थापा
व्यक्ति फरक होला तर प्रेम पहिलो र दोस्रो हुँदैन । दोस्रो व्यक्तिसँग जुन फिलिङ्स हुन्छ त्यो पहिलोसँग नहुन सक्छ । यस्तो अवस्थामा त्यही दोस्रो व्यक्तिसँगको प्रेमको अनुभुति पहिलो हुन सक्छ । मेरो विचारमा पहिलो प्रेम भुल्न सकिँदैन भन्नु एउटा रेडिमेट उत्तर मात्र हो । यथार्थ त यही हो कि हरेक चिज जसले भित्री मन दुखाएको छ वा खुसी तुल्याएको छ भने ती दुवै क्षणले घरीघरी झस्काइरहन्छ । घरीघरी आनन्द दिइरहेका हुन्छन् ।
शिवराज कुलुङ
पहिलो कुरा प्रेम मात्र होइन, हरेक कुरा बिर्सन सकिँदैन । यसमा कारण भन्ने नै हुँदैन ।
कैलाश पर्वत
अर्काे नभेटेर ।
राजन तिमिल्सना
पहिलो भनेको पहिलो नै हो सरकार !
सन्तोषमान
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिएर होला ।
रमन बोहजू
यो कुरा केटीहरूसँग सोध्नुस्, केटाहरूसँग होइन ।
कमल लम्साल