साप्ताहिक संवाददाता
Santosh Bhattarai@sanomanche
क्रिसमसमा रात्तामे लुगा लगाएर गएको छोराले भ्यालेन्टाइन डे कसरी मनाउला विद्यालयमा ? जिज्ञासा ।
Nepali Korea@NepaliKorea
भ्यालेन्टाइन डे भन्ने कि स्वास्नी देखाउने डे भन्ने बुझ्नै गाह्रो भो बा !
जिवात्मा@daffy_bhandari
यही...ह्याप्पी भ्यालेन्टाइन डे नलेखेको आरोपमा पल्लो गाउँबाट निकाला भएर यता आ’को, यहाँ त झन् उखपात रै’छ— भ्यालेन्टाइन ।
Offiline kp@kpzingh
हरेक काममा स्वीकार हुँदैन । हरेक इच्छा पूरा हुँदैन । जसको दिलमा तपाईंजस्तो मानिस बस्छ, उनका लागि धड्कन पनि जरुरी हुँदैन— भ्यालेन्टाइन डेको शुभकामना ।
हसाउँछ शेरेले @comedy_shere
जीएफ हुनेहरूका लागि पो भ्यालेन्टाइन डे त, हाम्रा लागि त कागलाई बेल पाक्यो हर्ष न विस्मात ।
Deepak MC@Deep_the_light
विवाहअघि भ्यालेन्टाइन डे भनी प्रेमिल संसारमा डुब्नेहरूको भ्यालेन्टाइनको नशा विवाहपछि उत्रिन्छ अनि पश्चाताप गर्छन् भ्यालेन्टाइनलाई गाली गर्दै ।
सरु बानियाँ@SaruBaniya
कुनै फरक पर्दैन विष र मायामा, विष पिएपछि मानिसहरू मर्छन् र माया गरेपछि मानिसहरू जिउन सक्दैनन् ।
सुन्दर थापा@thapasundar02
तिमीले भनेकी थियौ नि, फेब १४ भ्यालेन्टाइन डेमा के उपहार दिन्छौ भनेर ? नोभेम्बर १४ मा थाहा पाउनेछयौ प्रिय ।
निर्दोष मन@PahadiNirmal
पोहोर–पोहोर त म भनेसि भुतुक्कै हुन्थे मोरीहरू, हेरौं यो भ्यालेन्टाइन डेमा मलाई मन पराउने मोरीहरू कति रै’छन् ?
Debit Dipendra@BhusalDipendra
साँचो कुरा हुन्न यो झूटो, बिहे गरेर हतारै हतारमा, फुर्सदैमा लाग्छ पछुतो ।
बैतडेली@Minal_mRaj
कति राम्रो हुन्थ्यो होला– हामीले भ्यालेन्टाइन डेमा जस्तै चप्पल डे, कम्बल डे मनाएर त्यो दिन दान गर्दा ? सोच बदलिए दुनियाँ बदलिन्छ ।
Saboitathapaliya@sabitathapaliya
बिहे भैसकेपछि भ्यालेन्टाइन डे मनाउनु र अघाएपछि मासु–भात खानु उस्तै–उस्तै हो रे नि त हनुमानजी ।
Wry Imny@RoNeet4
माया एउटा विश्वास हो, जसलाई जोगाउन दुवै मन विश्वासिलो हुनु जरुरी छ ।
मास्टरको छोरो@manish10597794
यो बेला गर्लफ्रेन्ड खोज्नु र दसैंमा खसी खोज्नु उस्तै–उस्तै हो साथीहरू...भाउ बढेर खपिसक्नु हुँदैन भन्या ।
blank@sarojpa97909073
भ्यालेन्टाइन डेको बाल छैन भन्नेहरू नै आज कसैले प्रपोज गर्छन् कि भनेर चौबीसै घण्टा अनलाइन बसिरा’का छन्— दु:खी आत्माहरू ।
कामदेव@SKamal45
म यो रोज डे, किस डे केही पनि जान्दिनँ हेर कान्छी । सीधै भ्यालेन्टाइन डेमै अट्याक हान्ने हो ।
प्रकाश रिमाल@PrakashRimal54
कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तै भा’छ, हामी सिंगल हुनेहरूलाई यो भ्यालेन्टाइन डे पनि ।
प्रिय मिलन@priy_milan
भ्यालेन्टाइन डे आइसक्यो, सेलरोटी पकाउने पीठो पिसाएको छैन । गरिबलाई दसैं नि उस्तै, भ्यालेन्टाइन डे नि उस्तै हो प्रभु ।
sajjanpushkar@sajjankushkar1
आफ्नै बारीमा फुलाएको फूल कसैलाई दिउँm भने पनि लिने कोही छैन यो भ्यालेन्टाइन डेमा ।
The next@dinesh2379
भ्यालेन्टाइन डे मनाउने तिनै हुन्, जसको नियति माया गरेर सकियो अब कपडा लगाउ भन्ने हुन्छ ।