साप्ताहिक संवाददाता
फाल्गुन २, २०७४
गायक अमृत क्षेत्रीले आफ्ना फ्यानलाई भ्यालेन्टाइन डे गिफ्ट सार्वजनिक गरेका छन् । अमृतले फ्यानका लागि दिएको उक्त उपहारमा पहिलो पटक उनकी श्रीमती संगीता क्षेत्री पनि सामेल भएकी छिन् ।
गायक क्षेत्रीले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका हुन् । सोही गीतको म्यूजिक भिडियोमा उनकी श्रीमती संगीताले अभिनय गरेकी छिन् । अमृत स्वयम् पर्दामा श्रीमतीको जोडी बनेर प्रस्तुत भएका छन् ।
एकनारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको म्यूजिक भिडियो बुद्ध थापा र उनको टिमले छायांकन गरेका हुन् । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।
गीतको म्यूजिक भिडियो :