साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७४
गत साता राजधानीमा सम्पन्न ‘मिस ग्रेस काठमाडौं’को उपाधि जम्बु शेर्पाले जितेकी छिन् । ‘मिस ग्रेस काठमाडौं’को यो वर्षको संस्करणमा लिम्बुले शिर्ष उपाधि जित्नुका साथै मिस ट्यालेन्टको उपाधि पनि आफ्नै पोल्टामा पारेकी छिन् ।
उक्त प्रतियोगितामा रेखा भट्ट फस्ट रनर अप, आशा पौडेल सेकेन्ड रनर अप तथा शारदा राज भण्डारी थर्ड रनर अपका रुपमा विजयी भएका छन् । हेल्पिङ् हेन्ड्स चिल्ड्रेन्स होमको सहयोगार्थ सम्पन्न उक्त प्रतियोगीता ग्रेस इभेन्ट्सले आयोजना गरेको हो ।
प्रतियोगितामा श्रद्धा राज भण्डारी फोटोजेनिक, मेघना सापकोटा पर्सनालिटी, श्रुति सुना राई वेष्ट वाक, सावित्री कार्की पपुलर, रेखा भट्ट वेष्ट ड्रेस तथा दिप्सिका पौडेल डिसिप्लीन विधामा विजेता चयन भएका छन् ।