साप्ताहिक संवाददाता
आज फागुन ४ गते शुक्रबार पोखरामा प्रयत्न श्रेष्ठको प्रस्तुतिमा रम्न पाइनेछ । हालै बाराहीचोक, लेकसाइडमा सञ्चालनमा आएको ओपन हाउस रेस्टुरेन्ट एन्ड लाउञ्ज बारले आफ्नो शुभारम्भका क्रममा यो प्रस्तुति दिन लागेको हो । श्रेष्ठले ओपन हाउसमा आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदै वातावरण तताउनेछन् ।
त्यसका साथै रजनी रिदम राई, आँचल लामा, तेज केसी, मोहन गुरुङ, परविन्द्र सिंह आदि नियमित कलाकारको प्रस्तुति साँझको थप आकर्षण हुनेछ । ओपन हाउसमा फागुन १२ गतेसम्म हरेक साँझ नियमित कलाकारका अतिरिक्त अतिथि कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् । यो सांगीतिक कार्यक्रम साँझ ७ बजे प्रारम्भ भै राति ११ बजेसम्म चल्नेछ ।
फियस्टामा युजेस लिम्बू
ठमेल, सातघुम्तीस्थित फियस्टा पब एन्ड बारमा गायक युजेस लिम्बूले लाइभ प्रस्तुति दिँदैछन् । अमेरिकाबाट आएका लिम्बूको उक्त प्रस्तुति हेर्न ५ सय रुपैयाँको टिकट काट्नु पर्नेछ जसमा एउटा ड्रिंक्स नि:शुल्क उपलब्ध हुनेछ । । उक्त अवसरमा गायक लिम्बू बाहेक आवाज नेपाल ब्यान्डले समेत प्रस्तुति दिने बताइएको छ ।
स्थान : ठमेल, सातघुम्ती, फियस्टा पब एन्ड बार
शुल्क : ५ सय रुपैयाँ