साप्ताहिक संवाददाता
कार्टन क्रुजका लोकप्रिय कलाकार आश्मा विश्वकर्मा तथा सरोज अधिकारीको ‘ट्वान्टी फस्र्ट लभ’को ट्रेलर सार्वजनिक भएको छ । टेलिभिजन तथा युट्युवमा रिलिजको तयारीमा रहेको उक्त सिरिजको बुधबार ट्रेलर सार्वजनिक गरिएको हो ।
किशोर किशोरीको प्रेम कथाको संग्रहको रुपमा आउँदै गरेको सिरिजको सार्वजनिक ट्रेलरमा युवा पिाढीको प्रतिनिधित्व गर्ने दृश्यहरु जोडिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण कम्पनि एसियन म्युजिकका ईश्वर गुरुङले पछिल्लो पुस्तालाई टार्गेट गरेर तयार पारिएको सिरिज सबै वर्गका दर्शलहरुको लागी मनोरञ्जनको खुराक बनेको दाबी गरे ।
मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेको सिरिज ‘ट्वान्टी फस्र्ट लभ’लाई सम्पादनको काम अशोक मल्लले गरेका छन् । गीत संगीत तर्फ अल्मोडा राना, मेलिना राई र शुभ तामाङले सहकार्य गरेका छन् । मनोज जोशी प्रोडक्सन डिजाईनर रहेको निर्माण टिममा सह निर्माता दिपेन्द्र तामाङ र खगेन्द्र श्रेष्ठ छन् ।
सिरिजमा आश्मा र सरोजसागै, अनुश्का अधिकारी, संयोग हुमागाईं, निशान्त सुवेदी, रोश्नी कार्की, विजय अधिकारी, दृष्टी श्रेष्ठले शिर्ष भूमिकामा रहेका छन् ।
साथमा लक्ष्मी गिरी, रश्मी भट्ट, पवन शाक्य, खगेन्द्र श्रेष्ठ, राधा श्रेष्ठ, अन्जन शर्मा लगायतका कलाकार पारिवारिक पृष्टभुमीमा देखा पर्ने छन् । सिरिजको टेलिभिजन प्रदर्शन अधिकार कान्तिपुर टेलिभिजनले लिईसकेको छ ।
‘ट्वान्टी फस्र्ट लभ’को ट्रेलर :