फाल्गुन ७, २०७४
न्युयोर्कको टाइम स्क्वायरमा गर्मी महिनामा हुने निर्वस्त्र कला महोत्सव यसपटक चिसो मौससमा समेत आयोजित गरियो । प्रत्येक वर्ष गर्मी महिनामा सञ्चालन हुने यो कार्यक्रम यसपटक शून्यभन्दा कम तापक्रम रहेको अवस्थामा सम्पन्न गरिएको थियो । चिसो मौसममा आफ्नो निर्वस्त्र शरीरमा चित्र कोराउन उत्सुक व्यक्तिहरूका कारण टाइम स्क्वायरमा राम्रै जमघट देखियो ।
२५ जना कलाकार भेला भएको पोलार वियर पेन्ट कार्यक्रममा निर्वस्त्र शरीरलाई क्यानभासको रूप दिन भेला भएका मोडलहरूले ३ हजार रुपैयाँ तिरेका थिए । उक्त रकम चित्र बनाउने, स्टुडियोको भाडा तिर्ने तथा सुरक्षा खर्चबापत लिइएको थियो । न्युयोर्कको कानुनअनुसार पूर्ण रूपमा निर्वस्त्र हुन पाइँदैन । यद्यपि कुनै कलाकारिता वा कुनै कुराको उत्पादनजस्ता कार्यका लागि भने निर्वस्त्र हुन पाइन्छ ।