साप्ताहिक संवाददाता
फाल्गुन ८, २०७४
काउली खाए क्यान्सरबाट जोगिन सकिन्छ । एक अध्ययनअनुसार काउलीजस्ता हरिया सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सरसम्बन्धी कोष बढ्न पाउँदैन ।
काउलीले क्यान्सरको कोष बनेको भए पनि त्यसलाई बढ्न नदिई निष्क्रिय राख्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्बाशय तथा मूत्रथैलीको क्यान्सरबाट जोगिन सहयोग पुर्याउँछ ।
प्रशस्त काउली खाने महिलामा स्तन क्यान्सरसँग लड्ने एवं क्यान्सरका कोष वृद्धि हुन नदिने शक्ति बढी हुन्छ ।
काउलीले हड्डी बलियो बनाउनुका साथै एलर्जी हुने सम्भावना कम गर्छ भने पाचनप्रणाली समेत सुदृढ बनाउँछ ।
काउली भिटामिन के तथा सीको महत्त्वपूर्ण स्रोत हो ।