भनिन्छ, प्रेम अमर हुन्छ तर प्रेम विश्वास र आत्मसम्मानमा अडिएको हुन्छ ।
प्रेमी–प्रेमिकाले एक–अर्काका कमी–कमजोरीहरूलाई सुधार्ने अवसर दिनुपर्छ, त्यसैलाई आधार बनाएर सम्बन्ध बिगार्नु हुँदैन ।
एक–अर्काको स–साना सफलतामा पनि खुसी हुने प्रयास गर्नुपर्छ ।
जन्मदिन, वार्षिकोत्सवजस्ता अवसरमा सरप्राइज दिन बिर्सनु हुँदैन ।
एक–अर्काको स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने कुरा सोच्नुसमेत हुँदैन ।
प्रेममा शारीरिक आकर्षकको तुलनामा मनको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ ।
प्रेम गर्नेले एक–अर्काको समस्या तथा कामलाई बुझ्नु सबैभन्दा बढी जरुरी हुन्छ ।
एक–अर्काको काममा बाधक बन्ने अवस्था सिर्जना हुन दिनु हुँदैन ।
प्रेम गर्ने जोडीले एक–अर्काका बारेमा तेस्रो व्यक्तिसँग बुझ्ने प्रयास नगर्नु नै बेस हुन्छ ।
प्रेम अन्धो त हुन्छ, तर आजको आधुनिक समयमा आँखा चिम्लेर प्रेमी अथवा प्रेमिका छनौट गर्ने प्रयास भने गर्नु हुँदैन ।