फाल्गुन ८, २०७४
‘हङकङ लुनार नयाँ बर्ष फुटबल कप २०१८’ मा सशस्त्र प्रहरी बलको महिला टोलीले ३/१ को सानदार जीत हासिल गरेको छ ।
नयाँ बर्षसँगै फुटबल क्षेत्रको विकास र शिप आदनप्रदानका लागि आयोजना गरिएको फ्रेण्डसिप म्याचमा सशस्त्रले हङकङको राष्ट्रिय महिला फुटबल टोलीलाई पराजित गरेको हो ।
नेपालको तर्फबाट सशस्त्रकी मञ्जलीकुमारी योञ्जनले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन । दोश्रो हाफमा हङकङको तर्फबाट मुई मेईले जवाफी गोल गर्दै खेललाई बराबरीमा पुर्याईन । खेलको अन्तिम चरणमा सशस्त्रकी सावित्री भण्डारीले ब्यक्तिगत २ गोल गर्दै नेपालको जीत निश्चित गरिन ।
हङकङ फुटबल एसोसियसनको आयोजना र एनआरएनए हङ्कङको संयोजकत्वमा आयोजना गरिएको प्रतियोगितामा सयौंको संख्यामा नेपाली खेलप्रेमीहरु राष्ट्रिय ध्वजावाहक झण्डा सहित भेला भएका थिए ।