साप्ताहिक संवाददाता
फाल्गुन १०, २०७४
कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई स्थापित गराएका नारायण कडरिया गायक बनेका छन् । लामो समय टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका उनले पछिल्लो समय आफैले लेखेको गीतबाट गायन यात्राको सुरुवात गरेका हुन् ।
उनले गायन संगसंगै अभिनयको यात्रा समेत प्रारम्भ गरेका छन् । अभिनय यात्रा पनि उनले यसै गीतको म्यूजिक भिडियोबाट सुरु गरेका हुन् । नविनबाबु गुरुङले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा उनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाधेका छन् ।
अर्जुन तिवारीको टीमले छायांकन गरेको भिडियो निशान घिमिरेले सम्पादन गर्ने छन् ।