साप्ताहिक संवाददाता
फाल्गुन ११, २०७४
भोलि झम्सिखेलस्थित मोक्ष रेस्टुराँमा नेपालका पुराना तथा दुर्लभ बाजाहरूको प्रदर्शनी हुँदैछ । यो कार्यक्रममा १९७४ एडिका मनोजकुमार केसी तथा निराकार याक्थुम्बाले प्रस्तुति समेत दिँदैछन् ।
त्यसपछि त्यहाँ सारंगी र मादलको धुन सुनाइनेछ । यो कार्यक्रममा भाग लिन ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ जसको साथमा एउटा ड्रिंक्स नि:शुल्क प्राप्त हुन्छ । काठमाडौं ज्याज कन्जरभेटरी तथा मोक्षको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।
समय : दिउँसो ३ बजेदेखि राति १० सम्म स्थान : मोक्ष बार
प्रवेश शुल्क : ५ सय रुपैयाँ
आयोजक : काठमाडौं ज्याज कन्जरभेटरी