फाल्गुन ११, २०७४
आज फागुन ११ गते शुक्रबार पोखरामा छेवाङ लामा प्रस्तुत हुँदैछन् । ओपन हाउस रेस्ट्रो एन्ड लाउञ्ज बारमा लामाले आफ्ना गीतमार्फत श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
साँझ ७ बजे प्रारम्भ हुने उक्त कार्यक्रम राति ११ बजेसम्म चल्नेछ । त्यसैगरी भोलि शनिबार सोही ठाउँमा लक्ष्य ब्यान्डले प्रस्तुति दिनेछ । परम्परागत मौलिक बाजाहरूको धुन यो ब्यान्डको विशेषता हो ।