साप्ताहिक संवाददाता
फाल्गुन ११, २०७४
नृत्य गर्न मन पराउनुहुन्छ वा नृत्य गरेको हेर्न रुचाउनुहुन्छ ? झम्सिखेलमा आज शुक्रबार स्विङ सोसल डान्सको आयोजना हुँदैछ ।
यो कार्यक्रममा स्वदेशी तथा विदेशीहरूमाझ आफ्नो नृत्य देखाउन पाइनुका साथै नयाँ सम्बन्धहरूसमेत जोड्न सकिनेछ । सबैले भाग लिन सक्ने यो कार्यक्रममा प्रवेश नि:शुल्क छ ।
थप जानकारी सेभोय नाइटको फेसबुक पेजबाट लिन सकिनेछ ।
समय : साँझ ६ बजे
स्थान : झम्सिखेल, मोक्ष बार