साप्ताहिक संवाददाता
बाथरुममा नुहाइरहेको अवस्थामै तपाईंलाई प्रहरीले समातेर लग्यो भने ?
समात्ने प्रहरीसँग रुमाल मागेर मुख छोप्थे, किनभने पक्राउ पर्ने जति सबैले त्यही गर्छन् । अरू जे–जे देखिए पनि अनुहार नदेखिएपछि त लाजै भएन नि ।
सूर्य किन पश्चिमबाट नउदाएको ?
सूर्य को रुट वान वे भएर, पश्चिमबाट उदाउँदा ट्रफिकले समाउला भन्ने डर होला नि त ।
मान्छेलाई भोक नलागे के हुन्छ ?
मान्छेलाई भोक नलागे काम गर्दैन, जागिर खादैन, संसारै ठप्प हुन्छ ।
लिफ्टमा भएका बेला दुई घण्टा बिजुली गयो भने के गर्नुहुन्छ ?
अपहरणमा परेको मान्थे, टुक्रुक्क त्यहीं बसेर निदाउँथे ।
तपाईंलाई यो वर्षको महामूर्खको उपाधि दिए के हुन्छ ?
अलिकति रिस्की हुन्छ, दुस्मन बढ्छन्, किनभने यहाँ महामुर्ख धेरै छन् । छान्न चैं मलाइ होइन, यो देशका नेताहरूबीच गोलाप्रथाबाट छान्नुपथ्र्यो ।
घरमा सुतेको मान्छे बिउँझिदा आफूलाई फेवतालको बीचमा पाउनुभयो भने ?
भूत रहेछ भन्ने विश्वास गर्छु ।
सुन्तलाको रस सकिए के हुन्छ ?
सुन्तलाको रस सकियो भने त्यसको बोक्रा खाने चलन आउनेछ ।
बिनाकारण श्रीमतीले तोरीको फूल देखाइदिए के गर्नुहुन्छ ?
आफ्नी श्रीमती धनाढ्यकी छोरी हो भनेर चुप लाग्छु ।
काठमाडौंबाट झापा जाने क्रममा लाहान पुगेपछि पृथ्वी नै फनन घुमेर झापा पश्चिममा पुग्यो भने ?
फेरि पश्चिम गएर झापा त पुग्नै पर्यो नि, तय गरेको यात्रा कहाँ बीचमै छोड्नु ?
शिवहरि पौडेल / हास्यकलाकार