साप्ताहिक संवाददाता
नवीना लामा तथा प्रवीणलाई सफल वैवाहिक जीवनको अग्रिम शुभकामना (डिप पोलिटिकल लभ) ।
रामकृष्ण निरौला
साप्ताहिकमा प्रेमसम्बन्धी कुरा पढियो, गज्जब लाग्यो ।
सन्तोष पराजुली
प्रेम अब पहिलेको जमानाको जस्तो रहेन (यात्रा सन्दर्भ : भ्यालेन्टिनका टिपोट र सम्झना) । पैसा तथा सम्पत्ति हुनेहरूले गर्ने विषय बन्यो । प्रेमजस्तो पवित्र कुरा पनि व्यापार बन्न थाल्यो । सहर वरपरका डाँडाकाँडाहरूमा खोलिएका होटलमा घण्टे–स्टे फस्टाएको छ । यो लेखले समाजको यथार्थ चित्रण
गरेको छ ।
रूपक बर्तौला
साप्ताहिकको हरेक अंकमा कानुनी सल्लाह पनि समावेश गर्नुपर्यो । यसबाट साप्ताहिकमा सुनमा सुगन्ध थपिने थियो ।
सीताराम सापकोटा
यो नेपाल र नेपालीहरूका लागि खुसीको कुरा हो (अन्तर्वार्ता : काठमाडौंसम्मै दौडेर आउने इच्छा छ) । कुनै विदेशीले यदि हामीलाई प्रेम गर्छ भने हामीले पनि उसलाई सम्मान गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार गर्न यस्तै व्यक्तिहरूको ठूलो हात हुन्छ ।
अपर्ण खनाल
अनलाइनमा खोजिने जोडी उति भरपर्दो हुँदैन (साइन्स एन्ड टेक्नो : अनलाइनमा जोडीको खोजी) । अनलाइनबाट बनेका सम्बन्धहरू बलिया पनि हुँदैनन् । भर्चुअल र वास्तविक दुनियाँ फरक छ । भर्चुअल सम्बन्धहरू क्षणिक हुन्छन् ।
दिनेश दाहाल
डिमोर्चाको कमब्याकले उत्साह थपेको छ (चर्चामा : र्याप ब्यान्ड डिमोर्चाको कमब्याक) । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा डिमोर्चाको उपस्थिति बलियो होस् ।
प्रेम बस्नेत
यो सकारात्मक समाचार हो (फेसबुकमा फेक न्युज कम हुने) । फेक न्युजको बाढीले गर्दा आममानिसमा भ्रम सिर्जना भैरहेको थियो । यसले फेसबुकप्रतिको विश्वास बढाउनेछ ।
रमेश कुँवर
राजनराजलाई अभिनेताका रूपमा पनि सफलता प्राप्त होस् (म्युजिक डायरी : अभिनेता बने राजनराज) । गायनमा जस्तै उनको अभिनयले समेत लोकप्रियता प्राप्त गरोस् ।
कुन्दन बम
असहमति भए पनि प्रश्न सोध्ने र प्रश्न सुन्न सक्ने धैर्य हुनुपर्छ (मुक्त आकाश : प्रश्न गरौं) । स्वस्थ बहस अत्यावश्यक छ अनि मात्र कुन कुरा सही, कुन गलत छुट्याउन सकिन्छ । अविरलजीको विचारमा मेरो सहमति छ ।
धुब्र कार्की
सबै प्रतिस्पर्धीलाई बधाई एबं शुभकामना (खोटाङ आइडलमा दस) । आयोजकले राम्रा प्रतिभाहरू छनौट गरून् ।
संगम पोखरेल
अभिनेता विल्सन विक्रम राईलाई शीघ्र स्वास्थ्य लाभको कामना (दुर्घटनामा विल्सन) । चाँडै तपाईंको दैनिकी सामान्य होस् ।
गौतम थापा
मानिस आफ्नो अतीतमा बाँच्दो रहेछ (युवा मन : यादहरू) । यादहरू भएनन् भने के सम्झिने होला ? यादहरू जीवन बाँच्ने सहारा पनि हुन् ।
इन्दु पुन
पैसा र शक्तिको आडमा कोही उम्किन नपाउन् (अपराध : कोठा नम्बर ४०५) । पीडितलाई न्याय मिलोस् । गलत नजिर नबसोस् । यस्ता घटनामा कमी ल्याउन राज्यले समेत पहल गर्नुपर्छ ।
प्रदीप धिताल
समाजमा नकारात्मक असर फैलाउने कार्य गर्नेहरूलाई छुट दिनु हुँदैन (भित्री वस्त्र नलगाएकोमा पक्राउ) । सबैले आ–आफ्नो सीमाभित्र बस्नुपर्छ ।
ममता निरौला