साप्ताहिक संवाददाता
बिहे नहुँदा कौसीमा बसेर अरूले होली खेलेको हेरिरहेकी थिएँ । कसले–कसले छातीमा लोला हानेछ, झन्डै मरिनँ । निकै दिनसम्म पीडा भयो । डाक्टरकहाँ जान बाध्य भएँ ।
नयना ठकुरी
बाल्यकालका रमाइला होली सपनाजस्तो गरी याद आउँछन् । उमेर छिप्पिँदै जाँदा सपना र होली दुवै फिक्का भएजस्तो लाग्छ ।
रूपेश खड्का
रत्नचोकमा सात जना केटी साथी, पुग्नुपर्ने सिर्जनाचोक, रङैरङले पोतिएको अनुहारमा एक हूल बाइकको आगमन । त्यसपछिको भागाभाग ।
अरुण अधिकारी
विवाहअघि नै मेरी हालकी श्रीमतीले खन्याएको रंग झुक्किएर उनकै बहिनीलाई परेको याद आउँछ ।
डीआर ओली प्रतीक
आफू त परियो परदेशी, अब त होली खेलेको याद होइन, होलीचैं मैले कहिले, कुन सालसम्म खेलें भन्ने मात्र याद आउँछ ।
रोन राना
सानोमा होलीभन्दा एक साताअघि साथीहरूसँग मिलेर एउटी दिदीलाई लोला हानेका थियौं । लगत्तै ती दिदीले हामीलाई हाम्रो घरको दोस्रो तल्लासम्म लखेटेर ढाडै सेकिने गरी कुट्नुभयो ।
सन्दिप सुवाल
म आजसम्म त्यसैलाई खोज्दै छु, जसले लोलाभित्र ढुङ्गा हालेर मेरो कारको सिसा फुटाइदियो ।
दीपतम मेस्ट्रो
पोहोर साल उनीसँग खेलेको होली । जब मैले उनलाई समातेर रङ्गिलो पानीले भरिएको ठुलो ड्रममा हालिदिएको थिए ।
कर्णाली पारिको राजा
आफ्नो अनुहार आफैंले चिन्न नसेको क्षण ।
सुनिला दोङ तामाङ
हिलो पानी तथा कुहिएको अन्डा प्रयोग गरी जबर्जस्ती खेलिएको होली ।
डिल्लीराज पाण्डे
काठमाडौंको हात्तीगौंडामा सास रोकिने गरी एउटीले हानेको लोला ।
परदेशी बाबु
साथीहरूसँग लोला हानाहान गरिएको बाल्यकालको होली ।
विनोद शिवाकोटी
साथीहरूसँग जम्मा भएर रंग अनि कालो दलेको क्षण ।
युरिकराज नोपली
अन्डा कसैको टाउकोमा फुटाएको ।
सागर
विवाह नभएकी केटीको सिउँदोमा अबिर हालेको क्षण ।
मिलन बोहरा
भिजेको र भिजाएको याद आउँछ गाँठे ।
डेभिड
१ सय रुपैयाँमा टिसर्ट किनेको क्षण ।
गोविन्द खड्का
एकपटक बाटो हिँड्ने बटुवाको टाउकोमा अन्डा फुटाएको कुरा याद आइरहन्छ ।
समीक्षा खड्का
होलीको रंगजस्तै जीवनका पानाहरूको याद आउँछ । सुख र दु:ख पनि रंग जस्तै बेग्ला–बेग्लै ।
शिशिर आङ्देम्बे
मलाई छाडी जाने मान्छेसँग होलीमा बिताएको त्यो पल धेरै सम्झना आउँछ ।
आशिक
हिलो पानी छ्यापेको अनि साथीहरूसँग मिलेर घैंटो फोरेको सम्झना आउँछ ।
झपेन्द्र
सानो छँदा भुइँको पानी लोलामा भरेर हानेको क्षण ।
रवी श्रेष्ठ