साप्ताहिक संवाददाता
फाल्गुन १५, २०७४
चलचित्र ‘द प्रिन्स’बन्ने भएको छ । यसै साता निर्माणको औपचारिक घोषणा गरिएको यो चलचित्र मदन घिमिरेले निर्देशन गर्ने छन् । चलचित्र बिष्णु शिवाकोटीले निर्माण गर्न लागेका हुन् ।
एन. पी. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रबाट संगितकार सम्राट थापाका छोरा प्रिन्स थापाले डेब्यु गर्दैछ । चलचित्रमा सरोज खनाल, प्रिन्स थापा, शिबु शाह, कशिस दाहाल, मनिषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
सम्राट थापाको कथा तथा सङ्गीत रहने यस चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, रामशरण उप्रेतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहने छ ।
चलचित्र चैत्र ५ गतेबाट छायांकनमा जाने निर्माणपक्षले जनाएको छ ।