सुव्रत आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुश्री सम्पत्ति’को छायांकन सुरु भएको छ । पोखराको विन्ध्यवासीनी मन्दिर शुभमुर्हत गरेसँगै चलचित्र छायांकन पोखराबाट सुरु भएको हो । यस अघि चलचित्र अर्धकट्टी निर्देशन गरेका आचार्यले यो चलचित्र पोखरा र पोखरा आसपासका क्षेत्रमै छायांकन सकिने बताएका छन् । चलचित्रको एउटा गीत भने काठमाडौंमा छायांकन गरिने छ ।
राउल इन्टरटेनमेन्टको ब्यानरमा रमेश त्वयनाले निर्माण गर्ने यो चलचित्र सामाजिक हास्यप्रधान चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशराद बस्नेत, सुनिता श्रेष्ठ, प्रेमवर्षा खड्का, रोसनी कार्की, कमल प्यासी देवकोटा, राज न्यौपाने, सन्तोष खनाल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । अभिनेत्री प्रियंका कार्की पनि चलचित्रमा स्पेशल कलाकारका रुपमा देखा पर्ने बताईएको छ । रेम विक र सुव्रत आर्चायले चलचित्रमा अतिथि कलाकारको भुमिका निभाउने छन् ।
सुरेश अधिकारीको संगीत रहने चलचित्रको छायांकन ३० दिनमा सक्ने निर्माण युनिटको तयारी छ । चलचित्रको निर्मातामा रमेश त्वयन, विज्ञान राई, नुनम सुब्बा, रोमन सिलाकार रहेका छन् । चलचित्रमा अभिमन्यु निरवीको पटकथा तथा अर्जुन तिवारी छायांकन रहने छ ।