साप्ताहिक संवाददाता
किन केटीको उमेर र केटाको तलब सोध्नु हुँदैन भनिएको ?
केटीले आफूलाई जवान देखाउन उमेर बताउन चाहँदैनन् । पुरुषको कुरा पुरुषलाई नै थाहा होला । म पुरुष होइन ।
ओठमा गाजल र आँखामा लिपिस्टक लगाए के होला ?
पहिलेदेखि नै यस्तो सिस्टम चलिआएको भए त्यसमै राम्रो देखिन्थ्यो होला नि !
बाटोमा हिँड्दा १ लाख रुपैयाँ पाउनुभयो भने के गर्नुहुन्छ ?
यही प्रश्न म तपाईंसँग सोध्छु । (लामो हाँसो) अरूले जे गर्छन् म पनि त्यही गर्छु ।
प्रधानमन्त्री बन्ने अफर आयो भने ?
मलाई त्यस्तो प्रस्ताब आउँदै आउँदैन । प्राय: पुरुषहरू नै प्रधानमन्त्री हुन्छन् हाम्रो नेपालमा ।
सपिङ गरिसकेपछि खल्तीमा पैसा छैन भन्ने कुरा थाहा भयो भने ?
अहिलेसम्म त्यस्तो भएको छैन । खल्तीमा जति छ, त्यसैअनुसार किनमेल गर्छु । पैसा नपुग्नु बेग्लै कुरा हो अन्यथा सामान नै फिर्ता गरिदिन्छु ।
विवाह चाँडै गरेकोमा पछुतो लाग्दैन ?
मसँग यो प्रश्न नगर्नुुस् है । म आफूलाई विवाहित वा अविवाहित दुवै देखाउन चाहन्न ।
मनपर्ने केटाले विवाहको प्रस्ताव राख्यो भने ?
फेरि त्यही प्रश्न ? माया, प्रेम र विवाहका बारेमा कति प्रश्न ? म भन्थें– तपाईंले प्रस्ताव गर्नुभयो, त्यसका लागि धन्यवाद तर म तपाईंसँग विवाह गर्न सक्दिनँ ।
भागेर विवाह गर्न कत्तिको स्पिडमा भाग्नुपर्ला ?
मलाई थाहा भएन । म बाइक हो र ? स्पिडमा भाग्नलाई ?
पुरुषको कुन अंगमा आँखा जान्छ ?
अरूको थाहा छैन । मेरो नजर केटाको अनुहारमा जान्छ अनि त्यसपछि उचाइमा ।