साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७४
खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डण्डीबियो आगामी बैशाखमा रिलिज हुने भएको छ । चलचित्र यूनिटले चलचित्रका २ नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र रिलिजको औपचारिक डेट सार्वजनिक गरेको हो । यो चलचित्र आगामी बैशाख २१ गते रिलिज हुने छ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार खगेन्द्रलाई मात्र डण्डीबियो बोकिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । नेपालमा लोप हुँदै गैरहेको डण्डीबियोको कथालाई उठ्ठान गरेको चलचित्र स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गरेका हुन् । छेतेनले यसअघि नोभेम्वर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखिसकेका छन् ।
चलचिमा खगेन्द्रसँगै मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारले अभिनय गर्ने छन् ।