साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७४
११ वर्षमै अधिश्री कसपालले छोरी अन्माउँदाको पीडा महसुश गरेका छन् । उनले एक गीतका माध्यमबाट यो पीडा दर्शसाएका हुन् । उनले गाएको गीत ‘छोरी अन्माउँदा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको उलाको फिललाई पर्दामा भने अभिनेता सरोज खनाल तथा अभिनेत्री वर्षा शिवाकोटीले प्रस्तुत गरेका छन् ।
एक्ली छोरी अन्माउँदा पिताको मन र अनुहारमा देखिने पीडाको भावलाई सार्वजनिक भिडियोमा मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।सुरेश अधिकारीले संगीत गरेको उक्त गीत सुभाषचन्द्र ढुंगेलले लेखेका हुन् ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो धिरजजंग शाहको छायांकनमा प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।
छोरी अन्माउँदाको म्यूजिक भिडियो :