साप्ताहिक संवाददाता
यदि तपाईंको घरमा छिमेकीको कुखुराले अण्डा पार्यो भने त्यो अण्डा कसको हुन्छ ?
मेरो घरमा पारेपछि सीधै मेरै हुन्छ नि ।
रूखमा चढेका बेला टेकेको हाँगा भाँच्चिएर एउटा हातले झुन्डिनुभएको छ । अर्को हातमा घाउ भएर चलाउनै हुँदैन, त्यही बेला तपाईंलाई कमिलाले टोकेर चिलायो भने ?
प्राण जाला कन्याउँदिनँ, सहेरै बस्छु ।
तेस्रो विश्वयुद्धको कमान्डर तपाईंलाई बनाइयो भने के गर्नुहुन्छ ?
सीधै युद्धविराम ।
माया र मधुमेहमा के फरक छ ?
मायामा प्रेमिकासँग भेट हुन्छ, मधुमेहमा डाक्टरसँग ।
भीड भएको सार्वजनिक गाडीको अन्तिम सिटमा भएका बेला एक्कासि पखाला लाग्यो भने ?
चिच्याएर गाडी रोक्न लगाउँथे अनि झ्यालबाट निस्किएर कुना खोज्थें ।
मुलामा नभएर सागमा चाहिँ हड्डी पस्यो भने के हुन्छ ?
कहिलेकाहीं कुखुराको मासुमा साग मिसाएर खाने हुँदा खासै फरक पर्दैन ।
मुलाको साग मीठो कि चम्सुरको साग ?
भूटेको मकैसँग मुला, भातसँग चम्सुर ।
बाघले घाँस खान थाल्यो भने के हुन्छ ?
गाई–गोरु छक्क पर्थे ।
सालीलाई भिनाको जुत्ता किन प्यारो लागेको होला ?
दिदीलाई धोका दियो भने त्यही जुत्ताले हानुँला भनेर ।