साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७४
आत्मीयता र सद्भावको सन्देश बोकेको होली पर्वले शत्रुता र कटुता बिर्साउने भएकाले सभ्य भएर होली खेल्नुपर्छ ।
नसोधी परिचितलाई समेत रंग लगाउनु हुदैन ।
समूह बनाएर होली खेल्दा अझ रमाइलो हुन्छ, तर एक समूहले अर्को समूहका मानिसलाई जबर्जस्ती रंग दल्ने तथा लोला हान्ने काम गर्नु हुँदैन ।
होली नखेलेका मानिस तथा अपरिचतहरूलाई रंग दल्नु हुँदैन । महिलाहरूलाई अपमानित गर्न लोला हान्ने तथा रंग दल्ने काम गर्नु हुँदैन ।
आफ्नो समूहका साथीभाइबीच रमाइलोपूर्वक संयमताका साथ होली खेल्नुपर्छ ।