साप्ताहिक संवाददाता
फाल्गुन १७, २०७४
होलीमा प्रयोग हुने रातो, हरियो तथा नीलो रंगलाई मूल रंग मानिन्छ । रातो रंगलाई प्रेम, पवित्रता र ऊर्जा तथा नीलोलाई ताजगीको प्रतीक मानिँदै आएको छ ।
हरियो रंगलाई शीतलता तथा आशाको प्रतीक तथा कालो रंगलाई गम्भीरता, उदासी अन्धकार एवं अज्ञानताको प्रतीक मानिन्छ ।
सेतो रंगलाई शान्ति, शुद्धता, सहयोग, उज्यालो, निष्ठा एवं एकताको प्रतीक मानिन्छ ।
पहेंलो रंगलाई उज्यालो तथा प्रसन्नता, गुलाफीलाई भावुकता एवं कोमलतासँग जोडेर हेरिन्छ ।
सुन्तला रंगलाई बल र बुद्धिको सूचक तथा बैजनीलाई सान, कला एवं भावनाको अभिव्यक्तिका रूपमा लिइन्छ ।