साप्ताहिक संवाददाता
तपाईं माग्ने बूढा कि केदार घिमिरे ?
माग्ने बूढा पनि, केदार घिमिरे पनि दुवै नाम उत्तिकै प्यारा लाग्छन् ।
दुई जोईको पोइ कुना पसी रोई किन भनिएको होला ?
जुन श्रीमान् कसैको पनि हुँदैन । यता गयो भने यताकी श्रीमतीले उताको मान्छे, उता गयो भने उताकी श्रीमतीले यताको मान्छे । कता न कताको हुँदैमा उसको जिन्दगी बित्छ, त्यसैले दुई जोईको पोइ कुना पसी रोई भनिएको ।
मेरी बास्सैमा कुनै नेतालाई अभिनय गराउने अवसर प्राप्त भयो भने कसलाई लिनुहुन्छ ?
केपी ओली र शेरबहादुर देउवालाई अभिनय गराउँथे, किनभने दुवै उतिकै रमाइलो हुनुहुन्छ ।
चीनमा जन्मनुभएको भए तपाईको नाम के हुन्थ्यो ?
छिदार चिन्मिरे हुन्थ्यो होला ।
प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
बालबच्चा जन्माउन ब्रेक टाइम दिएको होला ।
तपाईंलाई सबैभन्दा बढी क्यारिकेचर गर्न मन लाग्ने नेता ?
मलाई खासै क्यारिकेचर गर्न आउँदैन, तैपनि क्यारिकेचर गर्न मन लाग्ने नेता शेरबहादुर देउवाको हुनुहुन्छ, किनभने उहाँको क्यारिकेचरमा खासै मेहनत गर्नु पर्दैन । जिब्रो हल्लाइदिए पुग्छ ।
मान्छेको टाउको खुट्टातिर अनि खुट्टा टाउकोतिर भैदिएको के हुन्थ्यो ?
एकदम रमाइलो हुन्थ्यो, पैतलामा लामा–लामो रौं आउँथे अनि सबैको तालु चिल्लो हुन्थ्यो ।
औंलाको सट्टा दाँतले किबोर्ड चलाउनुपर्ने भए ?
खाना खाइसकेपछि मानिसहरू ब्रसले औंलाको काप कोट्याउँदै हिँडिरहेका हुन्थे ।
फेसबुक साँच्चैको संसार र संसार फेसबुक भैदिए ?
फेसबुक संसारजस्तै छ । फेसबुकमा मानिसहरूलाई ढाँटिन्छ, फेक आइडी बनाइन्छ अनि नक्कली फोटोहरू राखिन्छ, रियल संसार पनि त्यस्तै छ । वास्तविक संसारजस्तै फेसबुकमा पनि नक्कलीहरूकै बिगबिगी छ ।