साप्ताहिक संवाददाता
वज्ञापन एजेन्सीकै विज्ञापनचाहिँ किन नबनेको ?
हजामका छोरा–छोरीको केश लामो हुनु, फोटोग्राफरकी श्रीमतीको फोटै नहुनु अनि दर्जीको छोरा–छोरीकै लुगा च्यातिएको हुनु जस्तै हो यो ।
एउटा त्यस्तो प्रश्न जसको उत्तर दिन तपाईंलाई दिक्क लाग्छ ?
तपाईंको नाम के हो ? मानिसहरू मेरो नाममा प्राय: झुक्किन्छन् अनि यही प्रश्न सोधिरहन्छन् ।
तपाईंलाई सबैभन्दा हाँसो उठेको क्षण ?
एसएलसी दिन ठिक्क परेका भक्तपुरको एउटा विद्यालयका विद्यार्थीहरूलाई मोटिभेनस कक्षा दिनुपर्ने थियो । म बोल्न थाल्नुभन्दा अघि नै एउटा विद्यार्थी हास्न ठिक्क परेको रै’छ । उसलाई देख्ने बित्तिकै मलाई हाँस उठ्न थाल्यो । एक शब्द पनि बोल्न सकिन । बाध्य भएर उसलाई कक्षाबाट बाहिर निकालेपछि मात्र मैले आफ्नो काम थाल्न सकें ।
मोबाइल र श्रीमतीमा के फरक छ ?
मोबाइलको ब्याट्री सकियो भने स्विच अफ हुन्छ, श्रीमतीको ब्याट्री पनि हुन्न, अफ पनि हुन्न ।
श्रीमतीहरू आफ्ना श्रीमान्प्रति किन शंका गर्छन् ?
यो प्रश्नको जवाफ चाहिँ प्रश्नकर्तालाई नै राम्रोसँग थाहा भएकाले उत्तर दिइ रहनुपर्छ जस्तो लागेन ।
झुटो बोलेको समात्ने मेसिन आविष्कार भयो भने ?
यदि त्यस्तो भयो भने यो संसारमा झुटो बोल्ने म मात्र होइन रहेछु भन्ने कुरा सबैलाई थाहा हुन्छ ।
कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
४० कटेसी त पक्कै होइन, २० कटेसी नै सही हुन्छ ।
जीवन कसैसँग साट्न पाए कोसँग साट्नु हुन्छ ?
म त सलमान खानसँग साटिदिन्थें, जे पर्ला–पर्ला । ऊ काठमाडौं नआउँदै सहरभरि त्यत्रा–त्यत्रा होर्डिङ बोर्ड लागिसके, हामी हरेक दिन कार्यक्रम गरी हिँड्छौं, हाम्रो एउटै होर्डिङबोर्ड छैन ।
साप्ताहिकमा केटाको ब्लोअप छाप्न के गर्नुपर्छ ?
छक्का पञ्जा चलचित्र युनिटका साथीहरू नांगिएको ब्लोअप छापिएको थियो नि, अब मैले पनि त्यस्तै प्रयास गर्नुपर्ला ।
स्वाइन फ्लु, बर्ड फ्लु जस्तै धेरै हाँस्ने मानिसलाई हास्य फ्लु लाग्ने भयो भने के गर्नुपर्ला ?
त्यस्तो रोगको त उपचार गर्नै हुँदैन । बरु उसलाई मरि–मराउ भएको ठाउँमा चाहिँ जान दिनुभएन ।
कलाकारहरू राजनीतिमा लागिरहेका छन्, तपाईंको विचार के छ ?
यो अर्काकी बूढी राम्री भने जस्तै हो । मलाई मेरै बूढी ठीक छ अर्थात मलाई मेरै दर्शक हसाउने पेशा प्यारो छ ।