साप्ताहिक संवाददाता
फाल्गुन १८, २०७४
भोलि फागुन १९ गते शनिबार पोखरामा कन्दरा लाइभ इन कन्सर्ट हुँदैछ । कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान तथा अभिनन्दन गरिनेछ ।
पोखरा उद्योग वाणिज्य संघको हलमा हुने विशेष कार्यक्रममा गजमेरलाई अगाडि राखेर गायकगायिकाले उनले संगीत भरेका गीतहरू गाउनेछन्, जसमा कन्दराका विवेक श्रेष्ठ, गायक कर्णदास, रामभक्त जोजिजू, विनोद बानियाँ, रजनी ह्दम राई, अजुदा थापा, स्वरूपा आशा, रोबी गौली आदिको सहभागिता रहनेछ ।
कन्दरा ब्यान्ड तथा पोखरा महानगरपालिकाले संयुक्त रूपमा आयोजना गर्न लागेको यो कार्यक्रम दिउँसो साढे २ बजे प्रारम्भ हुनेछ ।