साप्ताहिक संवाददाता
फाल्गुन १९, २०७४
पप गायनमा राम्रो पहिचान बनाएका गायक सुगम पोख्रेलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौँला’ बोलको सार्वजनिक गीतमा सुगमको साथमा अनिश भण्डारीले पनि सहगायमा साथ दिएका छन् । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक पोख्रेल र सम्भोजन मल्ल दुबैको रहेको छ ।
झण्डै १४ बर्षको अन्तराल पछि गायक अनिश भण्डारी सुगम पोखरेलसँगको सहकार्यमा सांगीतिक यात्रामा फर्किएका हुन् । भण्डारीले यस अघि सुमगसँगै मिलेर ‘रंगीन यो साँझ’ लगायतका गीत गाएका थिए ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा विकास सुवेदीको निर्देशन रहेको छ । भिडियो अमृत ढुंगाना र जुना सुन्दासले अभिनय गरेका छन् ।
‘ताली ठोकौँला’को म्यूजिक भिडियो :