इन्सपेक्टर चन्द्रमुखीको नामले लोकप्रिय अभिनेत्री कविता कौशिकले सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छिन् । श्रीमान् रोनित विश्वाससँग बिदा मनाउने क्रममा कविताले बिकिनीमा खिचिएका तस्बिर तथा एउटा छोटो भिडियो फेसबुकमा अपलोड गरेकी छिन् ।
ती तस्बिरसँगै कविताले एउटा मन छुने सन्देश पनि लेखेकी छिन् । कविताले ती युवतीहरूलाई सम्झाउने प्रयास गरेकी छिन् जो मोडल तथा अभिनेत्रीलाई निकै सुन्दर मान्छन् र आफ्नो फिगर, बर्थ मार्क, वजन तथा शरीरका दागका कारण सधैं चिन्तित हुन्छन् ।
कविताले लेखेकी छिन्–‘युवतीहरू बिकिनी त लगाउन चाहन्छन् तर आफ्नो शरीरका कारण अप्ठ्यारो मान्छन् । वजन, शरीरमा भएका दाग आदिका कारण बिकिनी लगाउँदैनन् ।’ बजारमा उपलब्ध क्रिममार्फत दाग हटाउन तथा शरीरमा भएका बर्थ मार्कहरू लुकाउन सकिने उनको भनाइ छ ।
‘मेरो शरीरमा पनि केही निशान छन् तर मैले बिकिनी लगाएँ,’ उनको भनाइ छ– ‘जसरी हुन्छ हामीले खुसी हुने प्रयास गर्नुपर्छ । त्यसका लागि स्वस्थ खाना खानुपर्छ, जिम जानुपर्छ अनि आफ्नो शरीर जस्तो छ, त्यसमै खुसी हुन सक्नुपर्छ ।’