आधुनिकतामा जति अब्बल छ हङकङ, प्राकृतिक मौलिकतामा पनि उत्तिकै सजक पनि छ । यहि सुन्दर प्राकृतिक लोकेशनमा लिम्बु गीत मुयेङ्सा ऐरेना मिम्जिमे को छायाँकन गरिएको छ । मुसुक्क हाँस न प्रियसी, कति आँखै आँखैले मात्र कुरा गर्ने कुरा गीतमा भनिएको छ ।
प्रेममा लिप्त जोडीका भावना र प्रियतम संवादलाई गीतमा समेटिएको छ । लगभग दुईसय म्युजिक भिडियो निर्देशन गरिसकेका बहुप्रतिभाशाली युगल पोमोले भिडियोमा शब्दको मार्मिकतालाई गजबले प्रस्तुत गरेका छन् । जेपि नेम्वाङको संगित, आन्छमे नसानको शब्द, मनि चाम्लिङ्को एरेन्जमा तयार गरिएको गीतमा जेपी नेम्वाङ् स्वयं र सुनिता थेगिमको स्वर रहेको छ । भिडियोलाई अभिनय मार्फत जीवन्त बनाएका छन् मौसम ईम्बुङ् लिम्बु र सुस्मा लिम्बुले ।
फिल्म निर्देशनसँगै फुलन्देको बाबु क्यारेक्टर मार्फत दर्शकमाझ पुगिरहेका मौसम र मिस हङ्कङ २०१७ सुस्माको जोडी मायालु देखिएको छ । भिडियोलाई ज्याप स्टुडियो हङ्कङले छायाङ्कन गरेको हो । ज्यापका निर्देशक विक्रम गुरुङको काम अब्बल देखिएको छ । युवि चाम्सले भिडियोलाई सम्पादन गरेका छन् ।
समग्रमा लिम्बु संस्कृतिमा मात्र नभएर अन्य समुदायका दर्शकहरुका लागि पनि भिडियो प्रिय र सम्झनलायक बनेको छ ।
तलको लिकंमा हेर्नुहोस् भिडियो ।