फाल्गुन २४, २०७४
संसारको सबैभन्दा पुरानो पुस्तक इस्ट्रुस्कान गोल्ड बुकलाई मानिएको छ । २ हजार ६ सय ७३ वर्षअघि लेखिएको यो पुस्तक ७० वर्षअघि बुल्गारियाको इस्ट्रोमा नदीमा निर्माण गरिएको प्राचीन नहर उत्खनन गर्दा फेला परेको थियो ।
६ वटा स्वर्णपत्र रहेको यो पुस्तक सुनको तारले बाँधिएको अवस्थामा थियो । यो पुस्तकमा घोडा, घोडाको प्रजनन विधि, घोडसवार सैनिकको कुशलता तथा अनुशासनजस्ता विषय समेटिएको छ । यो पुस्तक हाल बुल्गारियाको राजधानी सोफियास्थित राष्ट्रिय पुस्तकालयमा संरक्षित गरिएको छ ।
यो पुस्तकका सर्जक स्ट्रुस्कानहरू मध्य इटालीबाट ३ हजार वर्षअघि बुल्गारिया पुगेको विश्वास गरिन्छ । यो जाति हाल टर्कीमा अल्पसंख्यक समुदाय मानिन्छ ।