बलिउड सेलिब्रेटी सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले अभिषेक कपुरको चलचित्र केदारनाथबाट डेब्यु गर्दैछिन् । साराको यो पहिलो चलचित्र प्रदर्शन हुन बाँकी नै छ, तर उनले भने आफूलाई सुपरस्टार मान्न थालिसकेकी छिन् ।
केही समयपहिले साराले केदारनाथको सेटमा सटका लागि तयार हुनसमेत निकै लामो समय लगाएको खबर बाहिरिएको थियो । यसबीच सारासँग सम्बन्धित अर्को एउटा रमाइलो खबर आएको छ । भनिन्छ, उनले थुप्रै चलचित्रबाट आएका प्रस्ताव अस्वीकार गरेकी छिन् । आफ्नो भूमिकाका सम्बन्धमा आफैंले निर्णय गर्न थालेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
त्यसो त साराको यो कदमलाई कतिपय बलिउडकर्मीले राम्रै मानेका छन् । यसबाट उनले जस्तो पायो त्यस्तो चलचित्रबाट छुट्कारा पाउने उनीहरूको तर्क छ । वास्तवमा सारा ‘ए’ ग्रेडकी नायिकाका रूपमा प्रस्तुत हुन् चाहन्छिन् । यही कारणले उनले सातवटा चलचित्रको स्क्रिप्ट फिर्ता गरिसकेकी छिन् । भन्नेहरू त उनले वरुण धवन र ऋतिक रोशनसँग काम नगर्ने चाहनाका कारण ती चलचित्र अस्वीकार गरेको पनि बताउँछन् ।